काठमाडौँ- आइतबार र सोमबार बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार भने घटेको छ। मंगलबार परिसूचक १७.७९ अंकले घटेर २४२३.०९ अंकमा कायम भएको छ।
मंगलबार २०७ वटा कम्पनीको १ करोड ९६ लाख ६ हजार ५ सय ५५ कित्ता सेयर ६३ हजार ८ सय १८ पटक खरिद बिक्री हुँदा ८ अर्ब २७ करोड ९७ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
होटल र वित्त समूहको उपसूचकमा क्रमशः ५४.०५ र १३.०५ अंकले वृद्धि देखिएको छ भने बाँकी सबै समूहको उपसूचक रातो देखिएको छ।
सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक ९८.५७ अंकले घटेको छ। त्यस्तै, बैंकिङ समूह ६.८१, व्यापार समूह ९२.४२, विकास बैंक समूह २९.४८ र जलविद्युत समूह २७.५ अंकले घटेको छ। उत्पादन समूह ४१.८७, लघुवित्त समूह ५९.७२, जीवन बिमा समूह ४१.०९ र अन्य समूह २६.७९ अंकले घटेको छ।
कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स र कारोबार भएका सेयर संख्याका आधारमा नबिल इक्विटी फन्ड पहिलो नम्बरमा देखिएका छन्।
मंगलबार गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९.९७ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै शिवश्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ४.९५ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।