काठमाडौं–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटारमा सोमबार विरोध प्रदर्शनमा सहभागीहरुमाथि भएको प्रहरी दमन निन्दनीय रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले नागरिक आन्दोलनको आवाज दबाउन गरिएको हस्तक्षेपले केपी ओली नेतृत्वको वर्तमान सरकारको तानाशाही र अधिनायकवादी चरित्र उदांगिएको जनाएका छन्।उनले भनेका छन्, ‘लोकतन्त्रमा सबैले आफ्ना मत राख्न पाउँछन्, सरकारले फरक मतलाई सुन्न सक्ने चरित्रको विकास गरोस्।’
उनले निहत्था नागरिकमाथि दमन गरेर असंवैधानिक कदमको ढाकछोप गर्ने कुचेष्टाविरुद्ध सबै नागरिकलाई एकताबद्ध हुन र संविधान रक्षाको पक्षमा उभिन आग्रह गरेकाछन्।
असंवैधानिक कदमविरूद्ध हिजो बालुवाटारमा शान्तिपूर्ण विरोध कार्यक्रम गर्नेहरुमाथि भएको प्रहरी दमन निन्दनीय छ । नागरिक...
Posted by Prakash Man Singh on Monday, January 25, 2021