काठमाडौं- नागरिक आन्दोलनका क्रममा प्रहरी हस्तक्षेपबाट निर्घ जैशी गम्भीर घाइते भएका छन्। उनको टिचिङ अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ।
प्रतिनिधि सभा विघटनविरूद्ध सोमबार नागरिक आन्दोलनले बालुवाटारमा गरेको ‘मार्च पास’को क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।
प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट जैशीसहित कुमार बर्तौला‚ संघर्ष दाहाल‚ दिनेश रावललगायतका घाइते भएको आन्दोलनकर्मी मनोज खतिवडाले बताए।
नागरिक आन्दोलनले घाइतेहरूको नामावली संकलन गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।