• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस २४, २०८२ Thu, Jan 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : चिनियाँ प्राविधिक नआएपछि भारतीय प्राविधिक ल्याउने तयारी

64x64
नेपाल लाइभ सोमबार, माघ १२, २०७७  १४:००
1140x725

काठमाडौं- भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चिनियाँ प्राविधिक नआए पछि भारतीय दक्ष प्राविधिक ल्याउने तयारी गरिएको छ।

विमानस्थल निर्माणको काम गरिरहेको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले चीनबाट दक्ष प्राविधिक जनशक्ति ल्याएर उपकरण जडानको काम अगाडि बढाउन नसकेको निष्कर्षसहित केही प्राविधिक जनशक्ति भारतबाट ल्याउने गरी तयारी गरिएको हो।

नेपाल नागरिक उड्‌डयन प्राधिकरणका अनुसार अनौपचारिक रुपमा निर्माण कम्पनीले रोकिएको उपकरण जडानका लागि केही भारतीय प्राविधिक कामदार ल्याउन लागिएको हो।  नेपाली दक्ष कामदारबाट नै काम अगाडि बढाउने गरी आयोजना कार्यालयलाई अनौपचारिक जानकारी गराइएको प्राधिकरणले जनाएको छ। 

चिनियाँ प्राविधिक कामदार नेपाल नआउँदा विमानस्थल निर्माण (आइसीबी जिरो एक) मा उपकरण जडानको काम रोकिएको थियो। नेपाल आउने हिँडेका चिनियाँ प्राविधिक पनि कोरोना देखिएपछि चीनकै विमानस्थल क्वारेन्टिनमा बसेका थिए। तर, उनीहरु पछि फेरि नेपाल नआउने गरी घर फर्केका थिए।

विमानस्थल निर्माण कम्पनीले ३५ जना प्राविधिक कामदार ल्याएर उपकरण जडानको काम गर्ने बताउँदै आएको पनि ६ महिना भन्दा बढी भइसकेको थियो। अन्तत: चिनियाँ प्राविधिक कर्मचारी नेपाल नआएपछि निर्माण कम्पनीले भारतबाट दक्ष कामदार ल्याउँदै सेन्ट्रल एसीलगायत टर्मिनल उपकरण जडानको काम अगाडि बढाउने तयारी गरेको हो। प्राधिकरण स्रोतका अनुसार यसै साताभित्र निर्माण कम्पनीले चिनियाँ प्राविधिक कर्मचारीको ठाउँमा ५ देखि ६ जना दक्ष भारतीय कामदार ल्याउनेछ।

अहिले निर्माण स्थलमा रहेका केही चिनियाँ प्राविधिक कर्मचारीले नेपाली प्राविधिक कर्मचारीको सहयोगमा रन–वे लाइट, ब्यागेज ह्यान्डलिङ लगायतका उपकरण जडान गरिहरेका छन्।

निर्माण कम्पनीले कन्भर बेल्ट जडानको काम पनि भारतीय दक्ष कामदारको सहयोगमा गरिरहेको छ। अब थप भारतीय दक्ष प्राविधिक कामदार ल्याउँदै सेन्ट्रल एसी लगायतका उपकरणको काम गर्ने तयारी गरेको हो।

Ncell 2
Ncell 2

निर्माण कम्पनीले कोरोनाको कारण देखाउँदै प्राविधिक दक्ष कामदार ल्याउन नसक्दा टर्मिनल भवनको उकरण जडान र एसी जडानको काम हुन सकेका छैनन्।

चिनियाँ कम्पनीले ५ महिनादेखि प्राविधिक कर्मचारी आउँदैछन् भनेर आलटल गरिरहेको थियो। ३५ जना प्राविधिक ल्याएर उपकरण जडान गर्नुपर्ने अवस्थामा काम रोकिएको थियो। तर, उपकरण भने सबै निर्माणस्थलमा आइसकेको छ।

यद्यपि, आवश्यक दक्ष प्राविधिक कामदार चीनबाट नआउँदा आइसीबी जिरो एक अन्तर्गत रहेको एसी र टर्मिनल भवनको उपकरणको काम रोकिएको थियो। यो काम दक्ष जनशक्ति नेपाल आएर जडान थाल्दा पनि न्यूनतम २ देखि ३ महिनासम्म लाग्ने हुन्छ।

यसैगरी, आइसीबी जिरो टु अन्तर्गतको सर्भिलेन्स जडानको काम पनि प्राविधिक कामदारको अभावका कारण रोकिएको छ। यो अन्तर्गतका काम गर्ने कामदार भने अमेरिका र अष्ट्रियाबाट आउनुपर्ने हुन्छ। आइसीबी जिरो टुको काम सक्न पनि ३ महिना लाग्ने प्राधिकरणको भनाइ छ।

यो आयोजना सन् २०१५ मा सुरु भई सन् २०१७ को डिसेम्बरमा सम्पन्न हुने अपेक्षा गरिएकोमा उक्त अवधिभित्र नसकिएपछि संशोधित कार्यतालिकाअनुसार ३१ मार्च २०२० मा सम्पन्न हुनु पर्ने थियो। उक्त समय सीमा पनि सकिएको छ। अब पुनः समय थप गर्नु पर्ने अवस्था आएको छ।

आयोजनाको कुल लागत ३० अर्बभन्दा बढी भइसकेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमार्फत् दिगो पर्यटन विकास गर्ने लक्ष्यसहित रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध विमानस्थल निर्माण थालिएको थियो। विमानस्थलको रनवे ३ हजार मिटरको हुनेछ। साथै विमानस्थलमा अन्तर्राष्ट्रिय भवन, एयरपोर्ट अपरेशन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण तथा जीवनोद्धार भवनलगायत सञ्चार तथा पथ प्रदर्शक सामग्री जडान गरी अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा स्तरोन्नति गर्ने उद्देश्य सरकारको छ।

दक्षिण एशियाली पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत रहेको यो विमानस्थल निर्माणमा एशियाली विकास बैंक (एडीबी)को सहयोग छ। यो परियोजना कुल ८५.५५७ मिलियन डलरको हो। प्राधिकरणले चिनियाँ कम्पनीसँग आइसीबी–१ का लागि ७८.३ मिलियन डलरमा सन् २०१४ नोभेम्बर १३ मा सम्झौता गरेको थियो।

प्रकाशित मिति: सोमबार, माघ १२, २०७७  १४:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर छु : प्रचण्ड
प्रचण्डले मधेशमा गाएको सायरी उद्धृत गर्दै रहबरले पार्टीबाट दिए राजीनामा
राष्ट्रपतिसँग अमेरिकाका राजदूत डीन आर थम्सनले गरे बिदाइ भेट
सम्बन्धित सामग्री
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सुनको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ लाख ६... बिहीबार, पुस २४, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ७६... बिहीबार, पुस २४, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
आकांक्षीलाई रास्वपाले भन्यो- उम्मेदवारी घोषणा गर्दै नहिँड्नू, सामाजिक सञ्जालमा राखेको भए हटाउनू बिहीबार, पुस २४, २०८२
कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर छु : प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्डले मधेशमा गाएको सायरी उद्धृत गर्दै रहबरले पार्टीबाट दिए राजीनामा बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्