काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्ध केन्द्रीय राजधानी केन्द्रित आन्दोलनलाई थप शक्ति प्रदर्शन गरिने नेकपा (प्रचण्ड–माधव समूह)का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाडाँमा प्रदेश-२ का नेता तथा कार्यकर्तालाई सम्बाेधन गर्दै उनले भने, ‘स्थायी समितिको बैठकमा छलफल गर्दै जाँदा माघ ९ को भन्दा अझै ठूलो प्रदर्शन गर्नुपर्ने देखियो। काठमाडौं अर्थात् टाउकैमै हान्नुपर्ने देखियो। अन्त (बाहिरी शहर) हानेर त्यति चोट पुग्दैन कि भन्ने सोचियो।’
माघ २८ मा हुने विरोध प्रदर्शन ९ गतेको भन्दा बृहत् हुने उनले दाबी गरे। उक्त विरोध प्रर्दशनमा प्रदेश २ बाट ३० हजार बढी सहभागी हुने उनले अपेक्षा राखे।
‘प्रतिगमनलाई हरहालत परास्त गर्नैपर्छ। जीवन मरणको संघर्ष हो’, प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।