काठमाडौं- सुनको मूल्य तोलामा २ सय रूपैयाँले घटेको छ। सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९२ हजार ४ सय रूपैयाँ तोकिएको छ। 
आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। यता चाँदीको मूल्य भने स्थिर छ। 
आइतबार १२ सय ६० रूपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि समेत १२ सय ६० रूपैयाँले कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।