नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षीय कार्यालय सचिवमा गंगालाल तुलाधर र मोहन गौतम नियुक्त भएका छन्।
आइतबार बसेको प्रचण्ड–माधव पक्षीय स्थायी कमिटी बैठकले तुलाधरलाई कार्यालय सचिव र गौतमलाई उपसचिवमा नियुक्त गरेको हो। तुलाधर र गौतम दुवै पूर्वएमाले समूहका हुन्।
पूर्वमाओवादीको तर्फबाट श्रीराम ढकाल सयअघि नै कार्यालय सचिव नियुक्त भइसकेका थिए।
आइतबारकै बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।