काठमाडौं- नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ हजार नाघेको छ। गत २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ४ हजार ४ सय १३ जनाको पिसिआर परीक्षण गर्दा २ सय ७० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ४३ हजार २ सय ५५ पुगेको छ।। हाल १ सय ४५ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा ४ सय ३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।