काठमाडौं- नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड'–माधव नेपाल समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट पनि निष्काशित गरेको छ।
यसअघि अध्यक्षबाट कारबाही गरेको सो समूहको आइतबार बसेको स्थायी कमिटी बैठकले ओलीलाई साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको स्थायी कमिटी सदस्य पेशल खतिवडाले बताए।
माघ ५ गते प्रचण्ड-माधव पक्षले ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बालुवाटारमा बुझाएको थियो। तर, ओलीले कुनै जवाफ दिएका थिएनन्।
पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजित भएको छ। कानुनी रुपमा विभाजन हुन बाँकी रहेको पार्टीका दुई समूहले एक अर्काप्रति कारबाहीको शृंखला चलाएका छन्। ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट र नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।