काठमाडौं- अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटमा होबर्ट हुरिकेन्सले जित निकालेको छ। हुरिकेन्सले आइतबार सिड्नी सिक्सर्सलाई सात रनले पराजित गरेको हो।
मेलबर्न क्रिकेट मैदानमा १८९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको सिड्नीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८१ रन मात्रै बनाउन सक्यो।
सिड्नीका जोर्डान सिल्कले ७८ रन बनाए। उनले ४९ बलमा आठ चौका र दुई छक्का प्रहार गरेका थिए। त्यस्तै, मोइस हेनरिक्वसले ४३ रन बनाएपनि सिड्नीलाई जित दिलाउन सकेनन्।
बलिङतर्फ नाथन इलिसले तीन विकेट लिए। त्यस्तै, सन्दीप लामिछाने र स्कट बोलान्डले समान २–२ विकेट लिए।
सन्दीपले चार ओभरमा २४ रन खर्चिएर दुई विकेट लिएका हुन्। पाँच खेलपछि मात्रै बिग बास खेल्न उपलब्ध भएका सन्दीपले जारी सिजनमा ७ खेलबाट ८ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।