काठमाडौं- प्रतियोगिताबाट बाहिरिएको सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेटमा सान्त्वना जित निकालेको छ। आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले प्रदेश-२ लाई तीन विकेटले पराजित गर्यो।
यता, प्रदेश-२ को भने यो लगातार तेस्रो हार हो। १९६ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको सुदूरपश्चिमले ३३ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य भेटायो।
सूदूरपश्चिमका लागि सन्जु दमाईले ५७ रन बनाए। ३५ बलमा आठ चौका र दुई छक्का प्रहार गर्दै ५७ रन बनाए। कप्तान खडक बोहराले ४३, गजेन्द्र बोहराले ३९ र अरुण ऐरीले १९ रनको योगदान दिए।
बलिङतर्फ कुमार थापाले तीन र हरिशंकर शाहले दुई विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४२ ओभरमा सबै विकेटको क्षतिमा १९५ रन बनाएको थियो।
प्रदेश-२ का लागि हरिशंकर शाहले ६०, विबेक यादवले ४१, मेहबुब आलमले २३ र राहुल प्रताप सिंहले १२ रन जोडे। बलिङतर्फ सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले समान ३–३ विकेट लिँदा अरुण ऐरीले दुई विकेट लिए।
चार खेलमध्ये तीन खेलमा हार र एक खेलमा जित निकालेको सुदूरपश्चिमले दुई अंक बनाउँदै प्रतियोगिता सकाएको छ। प्रदेश-२ ले भने लगातार तीन खेलमा हार व्यहोरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।