• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीविरुद्ध मोर्चा बनाउन प्रचण्ड-बाबुरामको शृंखलाबद्ध भेट

64x64
नेपाल लाइभ शनिबार, माघ १०, २०७७  १०:३८
1140x725

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आन्दोलनमा मोर्चा बनाउने विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच श्रृंखलाबद्ध भेटघाट हुन थालेका छन् । ओलीविरुद्ध संयुक्त आन्दोलन हुन नसके प्रतिनिधि सभा पुन:स्थापना नहुने भन्दै दुई नेताले भेटघाट बाक्लो बनाउँदै लगेका हुन्। 

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल पक्षको नेकपासहित अधिकांश दलहरु पुन:स्थापनाको पक्षमा आन्दोलनरत छन्। प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानमै नभएको ती दलहरुको जिकिर छ। कांग्रेसले साथ नदिएपछि भट्टराईले प्रचण्डसँग भेटेर संयुक्त आन्दोलनको प्रस्ताव राखेको उनका स्वकीय सचिव रोशन पोख्रेलले बताए। 

जसपाको कार्यक्रम सकेर भैरहवाबाट हतारहतार काठमाडौ फर्किएका भट्टराईले शुक्रबारको रत्नपार्कको आमसभापछि प्रचण्डसँग उपराष्ट्रपति निवासमा छलफल गरेका हुन्। भट्टराईले संयुक्त आन्दोलनका साथै प्रचण्ड–नेपाल पक्षले ओलीसँग पूर्ण रुपमा सम्बन्धविच्छेदको प्रस्ताव राखेको पोखरेलले बताए। 

‘अहिले अप्ठ्यारो पर्दा ओलीविरुद्ध संयुक्त आन्दोलनमा जान सहमत हुने, तर फेरि त्यहीँ ओलीसँग मिल्न जानुभयो भने ठीक हुँदैन,’ भट्टराईको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘त्यसैले सबैभन्दा पहिले ओलीसँग सम्बन्धविच्छेद गर्नुस्, त्यसपछि संयुक्त आन्दोलनमा जाउँ। मैले खुल्लमखुल्ला भनिसकेको छु, संयुक्त आन्दोलन नभए ओलीतन्त्रविरुद्ध लड्न सकिँदैन ।’ 

भट्टराईको प्रस्तावलाई समर्थन गर्दै प्रचण्डले आफूहरुको ओलीसँग सम्बन्धविच्छेद गरिसकेकाले संयुक्त आन्दोलनमा जान तयार रहेको बताएको ती नेताले बताए। ‘ओलीविरुद्धको आन्दोलनमा हामी एकल संघर्ष गरेर कहीँ पुगिदैन, त्यसलाई एकीकृत गरेर लैजाउँ,’ दुई नेताबीच छलफलमा भएको कुरा उल्लेख गर्दै ती नेताले भने, ‘अरु यो मुद्धामा मिल्ने पार्टीलाई जोडेर मोर्चा बनाएर आन्दोलन गरौं।’

Ncell 2
Ncell 2

संयुक्त आन्दोलनमा जानेगरी शुक्रबार बेलुका दुई नेता छुट्टिएको ती नेताले बताए। प्रचण्डसँगको भेटलगत्तै भट्टराईले ट्वीटरमा लेख्दै ओलीविरुद्धको आन्दोलनमा संयुक्त मोर्चा बनाएर जानुपर्ने प्रस्ताव गरेका छन्। ‘ओली प्रतिगमनविरुद्ध नेका, प्रचण्ड–माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन्। तर, आ–आफ्नो ऐनामा हेरेर मक्ख नपरौं’ ट्वीटरमा लेख्दै बाबुरामले लेखका छन्, ‘आम जनताको वितृष्णा, भूराजनीतिक जटिलता र प्रतिगमनकारी भित्री–बाहिरी सेटिङलाई कम नआकौं, एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चढ्ने, सोचौं।’ 

ओलीप्रतिगमन विरूद्ध नेका,प्रचण्ड-माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन्।तर आआफ्ना ऐनामा हेरेर मक्ख नपरौं! आम जनताको वितृष्णा,भूराजनीतिक जटीलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिंगलाई कम नआॅकौं।एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चड्ने?सोचौं!

— Baburam Bhattarai (@brb1954) January 22, 2021

राजनीतिमा लामो समय सहकार्य गरेका प्रचण्ड–बाबुरामको भेटलाई धेरैले महत्वका साथ हेरेका छन्। जनयुद्धमा नेतृत्व तहमा रहेका प्रचण्ड–बाबुराम र उपराष्ट्रपति पुनसहितको भेटले संयुक्त मोर्चासँगै एकतामा पुर्‍याउन सक्ने आँकलन गरिएको छ। 

ओलीविरुद्ध संयुक्त मोर्चा बनाउने विषयमा जसपाका नेतासहित प्रचण्डले छलफल गरेका थिए। गत पुस १४ गते उपराष्ट्रपति नन्दबहादुर पुननिवासमा अध्यक्ष प्रचण्डसहित भट्टराई र जसपाकै वरिष्ठ नेता अशोक राईले भेटेर छलफल गरेका थिए। प्रचण्ड–नेपाल पक्षको कार्यक्रम भृकुटीमण्डपमा सकिएपछि उपराष्ट्रपतिसहित चार जना नेताले डिनर गरेर छुट्टिएको स्रोतले जनाएको छ। त्यतिबेला ओलीविरुद्ध संयुक्त मोर्चा बनाएर आन्दोलन गर्ने विषयमा छलफल भएको जनाइएको छ। 

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  १०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु
सम्बन्धित सामग्री
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार आयोगले उनीहरूलाई स्पष्टीकरण सोधको हो । सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार रहेका राउतलाई सार्वजनिक स्थान (चौबाट... बुधबार, माघ १४, २०८२
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी ‘संसारको जुनसुकै देशका प्रमुख संवैधानिक अंगका कार्यालय रक्षाका लागि  सुरक्षाकर्मीले चौबीसै घण्टा हतियार सहित कमब्याट पोजिसनमा उभिएको... बुधबार, माघ १४, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री प्रदीप यादवसहित ८ जनालाई पार्टीबाट निष्... बुधबार, माघ १४, २०८२
ताजा समाचारसबै
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार, माघ १४, २०८२
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी बुधबार, माघ १४, २०८२
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु बुधबार, माघ १४, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्