• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीविरुद्ध मोर्चा बनाउन प्रचण्ड-बाबुरामको शृंखलाबद्ध भेट

64x64
नेपाल लाइभ शनिबार, माघ १०, २०७७  १०:३८
1140x725

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आन्दोलनमा मोर्चा बनाउने विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच श्रृंखलाबद्ध भेटघाट हुन थालेका छन् । ओलीविरुद्ध संयुक्त आन्दोलन हुन नसके प्रतिनिधि सभा पुन:स्थापना नहुने भन्दै दुई नेताले भेटघाट बाक्लो बनाउँदै लगेका हुन्। 

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड–नेपाल पक्षको नेकपासहित अधिकांश दलहरु पुन:स्थापनाको पक्षमा आन्दोलनरत छन्। प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानमै नभएको ती दलहरुको जिकिर छ। कांग्रेसले साथ नदिएपछि भट्टराईले प्रचण्डसँग भेटेर संयुक्त आन्दोलनको प्रस्ताव राखेको उनका स्वकीय सचिव रोशन पोख्रेलले बताए। 

जसपाको कार्यक्रम सकेर भैरहवाबाट हतारहतार काठमाडौ फर्किएका भट्टराईले शुक्रबारको रत्नपार्कको आमसभापछि प्रचण्डसँग उपराष्ट्रपति निवासमा छलफल गरेका हुन्। भट्टराईले संयुक्त आन्दोलनका साथै प्रचण्ड–नेपाल पक्षले ओलीसँग पूर्ण रुपमा सम्बन्धविच्छेदको प्रस्ताव राखेको पोखरेलले बताए। 

‘अहिले अप्ठ्यारो पर्दा ओलीविरुद्ध संयुक्त आन्दोलनमा जान सहमत हुने, तर फेरि त्यहीँ ओलीसँग मिल्न जानुभयो भने ठीक हुँदैन,’ भट्टराईको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘त्यसैले सबैभन्दा पहिले ओलीसँग सम्बन्धविच्छेद गर्नुस्, त्यसपछि संयुक्त आन्दोलनमा जाउँ। मैले खुल्लमखुल्ला भनिसकेको छु, संयुक्त आन्दोलन नभए ओलीतन्त्रविरुद्ध लड्न सकिँदैन ।’ 

भट्टराईको प्रस्तावलाई समर्थन गर्दै प्रचण्डले आफूहरुको ओलीसँग सम्बन्धविच्छेद गरिसकेकाले संयुक्त आन्दोलनमा जान तयार रहेको बताएको ती नेताले बताए। ‘ओलीविरुद्धको आन्दोलनमा हामी एकल संघर्ष गरेर कहीँ पुगिदैन, त्यसलाई एकीकृत गरेर लैजाउँ,’ दुई नेताबीच छलफलमा भएको कुरा उल्लेख गर्दै ती नेताले भने, ‘अरु यो मुद्धामा मिल्ने पार्टीलाई जोडेर मोर्चा बनाएर आन्दोलन गरौं।’

Ncell 2
Ncell 2
nimb
nimb

संयुक्त आन्दोलनमा जानेगरी शुक्रबार बेलुका दुई नेता छुट्टिएको ती नेताले बताए। प्रचण्डसँगको भेटलगत्तै भट्टराईले ट्वीटरमा लेख्दै ओलीविरुद्धको आन्दोलनमा संयुक्त मोर्चा बनाएर जानुपर्ने प्रस्ताव गरेका छन्। ‘ओली प्रतिगमनविरुद्ध नेका, प्रचण्ड–माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन्। तर, आ–आफ्नो ऐनामा हेरेर मक्ख नपरौं’ ट्वीटरमा लेख्दै बाबुरामले लेखका छन्, ‘आम जनताको वितृष्णा, भूराजनीतिक जटिलता र प्रतिगमनकारी भित्री–बाहिरी सेटिङलाई कम नआकौं, एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चढ्ने, सोचौं।’ 

ओलीप्रतिगमन विरूद्ध नेका,प्रचण्ड-माधव नेकपा र जसपाका एक्लाएक्लै जनप्रदर्शन राम्रै देखिएका छन्।तर आआफ्ना ऐनामा हेरेर मक्ख नपरौं! आम जनताको वितृष्णा,भूराजनीतिक जटीलता र प्रतिगमनकारीको भित्रीबाहिरी सेटिंगलाई कम नआॅकौं।एक्लाएक्लै खाल्डामा जाकिने कि संयुक्त संघर्षको डुंगा चड्ने?सोचौं!

— Baburam Bhattarai (@brb1954) January 22, 2021

राजनीतिमा लामो समय सहकार्य गरेका प्रचण्ड–बाबुरामको भेटलाई धेरैले महत्वका साथ हेरेका छन्। जनयुद्धमा नेतृत्व तहमा रहेका प्रचण्ड–बाबुराम र उपराष्ट्रपति पुनसहितको भेटले संयुक्त मोर्चासँगै एकतामा पुर्‍याउन सक्ने आँकलन गरिएको छ। 

Xtrem
Xtrem

ओलीविरुद्ध संयुक्त मोर्चा बनाउने विषयमा जसपाका नेतासहित प्रचण्डले छलफल गरेका थिए। गत पुस १४ गते उपराष्ट्रपति नन्दबहादुर पुननिवासमा अध्यक्ष प्रचण्डसहित भट्टराई र जसपाकै वरिष्ठ नेता अशोक राईले भेटेर छलफल गरेका थिए। प्रचण्ड–नेपाल पक्षको कार्यक्रम भृकुटीमण्डपमा सकिएपछि उपराष्ट्रपतिसहित चार जना नेताले डिनर गरेर छुट्टिएको स्रोतले जनाएको छ। त्यतिबेला ओलीविरुद्ध संयुक्त मोर्चा बनाएर आन्दोलन गर्ने विषयमा छलफल भएको जनाइएको छ। 

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  १०:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु
सम्बन्धित सामग्री
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नवौँ अधिवेशन अन्त्य ग... शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएपछि मत गणना सुरु गरिएको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए। शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत नेकपा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गरेका हुन् । शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
‘महँगीले जनता चाडपर्व मनाउन सक्ने अवस्थामा छैनन्’: एमाले सचिव बस्नेत शनिबार, असोज २४, २०८३
‘निजामती प्रशासनलाई कठपुतली बनाउन खोजियो, कर्मचारी त्रासमा छन्’: महासचिव पोखरेल शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्