काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाज नेपालीको शव लिनका लागि मलेसियाका लागि प्रस्थान गरेको छ। मलेसियामा मृत्यु भएकामध्ये १८ जनाको शव लिन निगमको वाइडबडी-३३० जहाज मलेसिया गएको नेपाल वायुसेवा निगम स्रोतले जानकारी दिएको छ।
मलेसियास्थित नेपाली दूतावासले निगमलाई १५-१५ दिनमा शव बोक्नका लागि उडान गर्न आग्रह गर्दै आएको थियो। सोहीअनुसार परराष्ट्र मन्त्रालय र पर्यटन मन्त्रालयको सहकार्यमा १८ जनाको लिन शव लिन मलेसिया जाने भएको निगमका महाप्रबन्ध डिम प्रकाश पौडेलले जानकारी दिए।
निगमको वाइडबडीमा शव बोक्ने अधिकतम क्षमता १८ मात्रै हो। सोभन्दा बढी शव भएको अवस्थामा अन्य एयरलाइन्ससँगको सहकार्यमा ल्याउनुपर्ने हुन्छ।
मलेसियामा हाल तीन दर्जनभन्दा बढी शव रहेको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।