• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

लकडाउन अवधिको विद्युत महसुल छुट दिँदा प्राधिकरणलाई २ अर्बको आर्थिक भार

सरकारसँग शोधभर्ना माग्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
64x64
नेपाल लाइभ शुक्रबार, माघ ९, २०७७  १७:३६
1140x725

काठमाडौं- कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी भएको लकडाउन अवधिको विद्युत महसुल छुटका कारण नेपाल विद्युत प्राधिकरणलाई करिब २ अर्ब आर्थिक भार पर्ने भएको छ। यसरी महसुल छुटबाट थपिएको भार सरकारसँग शोधभर्ना लिएर पूर्ति गर्ने तयारी प्राधिकरणले थालेको छ। 

नेपाल विद्युत प्राधिकरणका कायम-मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत छुटसम्बन्धी सरकारको निर्णयबाट प्राधिकरणमाथि करिब २ अर्ब रुपैयाँ बराबरको दायित्व थप भएको र त्यसको पूर्ति गर्नका लागि सरकारसँग शोधभर्ना माग्ने गरी प्राधिकरण सञ्चालक समितिबाट निर्णय भइसकेको बताए।

‘करिब २ अर्ब रुपैयाँ बराबरको भार थपिने देखिन्छ। हामी शोधभर्ना माग्छौं, सरकारले शोधभर्ना दिन्छ,’ शाक्यले नेपाल लाइभसँग भने।

सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमार्फत् लकडाउन सुरु भएदेखि असार मसान्तसम्म लागू हुने गरी विभिन्न क्षेत्रमा विद्युत महसुल छुटको निर्णय गरेको थियो।

घरायसी साना विद्युत उपभोक्ता अर्थात् मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क, मासिक १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई १५ प्रतिशत विद्युत महसुल छुट दिने व्यवस्था बजेटमा राखिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसैगरी, कोभिड-१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगको लकडाउन अवधिभर विद्युत डिमान्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिशत छुट दिने व्यवस्थापनि बजेटमार्फत भएको थियो।

औद्योगिक व्यवस्था नियमावली २०७६ मा भएको व्यवस्थाअनुसार उत्पादनमूलक उद्योग भनी परिभाषित विभिन्न ५८ प्रकृतिका उद्योगले डिमान्ड शुल्क छुट पाउनेछन्। 

सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमार्फत् लकडाउन सुरु भएदेखि असार मसान्तसम्म लागू हुने गरी विभिन्न क्षेत्रमा विद्युत महसुल छुटको निर्णय गरेको थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

त्यस्तै बजेटमार्फत् सरकारले खानेपानी र सिंचाई उपभोक्ता समितिले तिर्नुपर्ने डिमान्ड शुल्कमा छुट दिने निर्णय पनि गरेको थियो। लकडाउन अवधिमा उद्योगधन्दा बन्द भएर विद्युत खपत घटेको र यसले पनि नाफा पनि घटेको अवस्थामा सरकारले महसुल मिनाहाको समेत निर्णय गरेपछि प्राधिकरणको वित्तीय स्वास्थ्यमा त्यसले प्रतिकूल असर पर्ने आँकलन गरिएको छ। 

प्राधिकरण आर्थिक हिसाबले अप्ठेरो अवस्थामा पुगेपछि सरकारसँग शोधभर्ना माग्ने निर्णय प्राधिकरण सञ्चालक समितिले गरिसकेको छ। नेपाल विद्युत प्राधिकरण ऐन २०४१, दफा २५ को उपदफा ३ मा ‘सरकारले दिएको निर्देशनअनुसार काम गर्दा प्राधिकरणले घाटा व्यहोर्नुपर्ने भएमा सो बापत व्यहोर्नु परेको रकम नेपाल सरकारले प्राधिकरणलाई क्षतिपूर्तिको रुपमा दिनुपर्नेछ,’ भनी व्यवस्था गरिएको छ। 

ऐनको यही व्यवस्थाअनुसार प्राधिकरण सञ्चालक समितिले गार्हस्थ ग्राहक र डिमान्ड शूल्कमा दिनुपर्ने छुटका कारण सिर्जना भएको आर्थिक दायित्व सरकारसँग क्षतिपूर्तिका रुपमा मागेको हो। नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यसमेत रहेका राजस्व सचिव रामशरण पुडासैनी सरकारले प्राधिकरणमाथि सिर्जना हुने अतिरिक्त आर्थिक दायित्व सरकारले व्यहोर्ने बताए। 

‘विद्युत महसुल छुटसम्बन्धी सरकारको निर्णय कार्यान्वयन गर्दा कति रकम छुट हुन्छ र प्राधिकरणको वित्तीय स्वास्थ्यमा त्यसले के-कस्तो प्रभाव पार्छ भन्ने विश्लेषण भएपछि अर्थ र ऊर्जा मन्त्रालय तथा प्राधिकरणका प्रतिनिधि बसेर आवश्यक निर्णय लिनेछन्,’ पुडासैनीले भने, ‘सरकारले दिने भनेको पनि प्राधिकरणले नै दिने हो।’

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १७:३६
  • #विद्युतमहसुल
  • #छुट
  • #डमान्डशुल्क

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार भन्सार कार्यालयमा बुझाए पनि सुन तस्करीको थप सञ्जाल  पत्ता लगाउन प्रहर... सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्