मुम्बई–बलिउड अभिनेता सुशान्तसिंह राजपुत बाँचिरहेका हुन्थे भने उनको आज २१ जनवरीका दिन उनको ३५ औं जन्मदिन हुन्थ्यो। निकै राम्रो अभिनय गर्ने सुशान्तको भौतिक उपस्थित नभए पनि उनलाई फ्यानहरुले सम्झिरहेका छन्।
त्यही ताजा यादका कारण उनका फ्यान आज पनि सामाजिक सञ्जालमा सुशान्तको जन्मदिन मनाइरहेका छन्।
जुन र तारा हेरेर समय बिताउने सुशान्त फिल्म उद्योगभन्दा परिवारको साथ हुन धेरै रुचाउँथे। उनले अन्तिम जन्मदिन अर्थात् गत वर्षको जन्मदिन पनि परिवारकै साथ बिताएका थिए।
सुशान्तलाई ठूला बर्थडे पार्टीहरुमा जान मन पर्दैनथ्यो, न त त्यस्ता पार्टी आयोजना गर्न नै मनपथ्र्यो। उनी आफ्ना नजिकका साथी र परिवारका साथ समय बिताउन नै रमाउँथे। अन्तिम जन्मदिनमा सुशान्त चन्डीगढ पुगेका थिए, जहाँ उनले दिदीबहिनीसँग पुजा अर्चना गरेर बर्थडे मनाएका थिए। उनी भगवान शिवका भक्त थिए।
यही अवसरमा उनकी दिदी स्वेता सिंह किर्तीले भाइको एउटा सपना पुरा गरेकी छन्। उनले सुशान्त सिंह मेमोरियल फाउन्डेसन स्थापना गरेकी छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।