काठमाडौं-सुनको मूल्य निरन्तर बढ्ने क्रममा रहेको छ। बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो। बुधबार ९२ हजार ५ सय रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुनकाे मूल्य बिहीबारका लागि ९३ हजार १ सय रुपैयाँ कायम भएको छ।
मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको थियो। मंगलबार सुन ९२ हजार रुपैयाँमा तोलामा कारोबार भएको थियो।
त्यस्तै चाँदीकाे मूल्यसमेत बढेको छ। बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको हो। बुधबार १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबारका लागि १२ सय ७५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।