न्युयोर्क–अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ४ लाख १ हजार २ सय ८८ पुगेको हो। अमेरिकामा हालसम्म संक्रमितको संख्या २ करोड ४२ लाख २७ हजार ८ सय ३५ रहेको छ।
अमेरिकामा सबैभन्दा धेरै प्रभावित न्युयोर्कमा ४१ हजार ३ सय ६८ जनाको मृत्यु भएको छ। यस्तै, क्यालिफोर्नियामा ३४ हजार ३२, टेक्सासमा ३३ हजार २९, फ्लोरिडामा २४ हजार ४ सय ३६, न्युजर्सीमा २० हजार ५ सय १२, इलिनोइसमा २० हजार १ सय ५३ र पेन्सिलभेनियामा १९ हजार ४ सय २३ जनाको मृत्यु भएको छ।
अमेरिकापछि बढी प्रभावित भारतमा संक्रमितको संख्या १ करोड ५ लाख ८१ हजार ८ सय २३ पुगेको छ। त्यहाँ १ लाख ५२ हजार ५ सय ५६ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।