काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१) प्रधानमन्त्री ओलीको भाषामा राजामहाराजाको दुर्गन्ध ह्वास्सै गन्हाएको नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष प्रचण्डको टिप्पणी, ओली प्रतिगमनको प्रतीक भएको अर्का अध्यक्ष नेपालको दाबी ।
२) कमलपोखरी बचाउ अभियानमार्फत निरन्तर दबाब आइरहँदा पनि रातारात कमलपोखरीको माटो ओसारेर पोखरी रद्दी बनाउदैं काठमाडौं महानगर, कमलपोखरीमा काम रोक्न भनेपछि रातमा डोजर ।
३) कोभिड–१९ प्रभावित व्यवसाय निरन्तरताका लागि सुरु गर्ने भनिएको व्यावसायिक निरन्तरता कर्जा योजना अलपत्र, सरकार भन्छ विनाधितो देऊ, बैंक खोज्छन् धितो ।
४) रुसी विपक्षी नेता अलेक्सी नाभाल्नीलाई ३० दिन हिरासतमा राख्न अदालतको आदेश, अदालतको सुनुवाइपछि रुसी सरकारविरुद्ध नडराई सडकमा उत्रन समर्थकलाई आव्हान ।
५) र, प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर २ विरुद्ध लुम्बिनी प्रदेशको जित, सन्दीप र सौरभको अर्धशतक, अर्को खेलमा कर्णालीको पहिलो जित ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।