काठमाडौं- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश नम्बर २ लाई ७७ रनले हराएको छ। सन्दीप रजाइली र सौरभ खनालको अर्धशतकमा २५८ रनको लक्ष्य दिएको लुम्बिनीका लागि अनिल खरेलले चार विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले पूरा ५० ओभर खेल्दै ९ विकेट जाँदा २५७ रन बनाएको थियो। जसमा सन्दीप सुनारले ११ बलमा ११ रन, सुशान्त थापाले १९ बलमा ६ रन, सन्दीप रजाइलीले १०७ बलमा ८३ रन, प्रनित थापा मगरले ७ बलमा ८ रन, सौरभ खनालले ६४ बलमा ५६ रन, कृष्ण कार्कीले १९ बलमा १० रन, बिक्रम भुसालले ३८ बलमा ३६ रन, अनिल खरेलले २७ बलमा ६ रन र अमित तामाङले ५ बलमा ११ रन बनाएका थिए।
प्रदेश नम्बर २ का लागि हरिशंकर शाहले तीन, दिव्यांशु मल्लिकले दुई साथै सैफुल्लाह अन्सारी, कुमार थापा र बिशाल सुस्लिङले एक–एक विकेट लिएका थिए।
२ सय ५८ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले ४२.४ ओभरमा १८० रन बनाउँदा सबै विकेट गुमायो। प्रदेश २ का लागि सुधिर चौधरीले ७५ बलमा ४२ रन, हरिशंकर शाहले १९ बलमा २२ रन, मेहबुब आलमले ३१ बलमा ३१ रन साथै विवेक यादवले ४९ बलमा ५१ रन बनाए।
लुम्बिनीका अनिल खरेलले चार, बिक्रम भुसाल र दिपेन्द्र रावतले दुई–दुई साथै कृष्ण कार्की र अमित तामाङले एक–एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।