नयाँदिल्ली–भारतमा लगाइएको कोरोना खोपबाट ४ सय ४७ जनामा साइड इफेक्ट देखिएको छ। उनीहरुलाई हल्का ज्वरो र टाउको तथा जिउ दुख्ने समस्या देखिएको जनाइएको छ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी १६ र १७ जनवरीमा दिइएको खोपबाट ४ सय ४७ जनामा एइएफआई (एडभर्स इभेन्ट फलोइङ इम्युनाइजेशन) देखिएको जनाएको हो। ३ जनालाई भने अस्पताल भर्ना गरिएको जनाइएको छ।
दुई दिनमा २ लाख २४ हजार जनालाई खोप दिइएको केन्द्रीय स्वास्थ्य सचिव डा. मनोहर अगनानीले जनाइएका छन्। उनले साइड इफेक्ट देखिएका अधिकांशमा सामान्य प्रभाव रहेको बताए। सुरुमा सफाइकर्मी, डाक्टर,नर्स तथा फ्रन्टलाइनका अन्य स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो।
भारतले पहिलो चरणमा ३० करोड नागरिकलाई खोप लगाउने योजना बनाएको छ। भारतले दुई भ्याक्सिनहरु कोभिसिल्ड र कोभाक्सिनलाई स्वीकृति दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।