काठमाडौं- नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विभिन्न विदेशबाट फर्किएका युवालाई लक्षित गरी टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक गरेको छ।
अभियानअन्तर्गत टाटाका कमर्सियल गाडीको खरिदमा बिना धितो ६ प्रतिशतभन्दा कम ब्याजदरमा ७५ प्रतिशतसम्मको फाइनान्सिङ सुविधा प्रदान गर्ने भएको सिप्रदीले जानकारी दिएको हो। यसका साथै व्यवसायिक परामर्शको समेत व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ।
युवालाई स्वदेशमा नै व्यापार व्यवसाय गर्ने वातावरण मिलाउन सहयोग गरी आत्मनिर्भर बनाउने उद्देश्यका साथ अभियान सार्वजनिक गरिएको सिप्रदीको भनाइ छ।
कम्पनीले युवा जनशक्तिमार्फत व्यवसाय र रोजगारीको सृजना गरी आर्थिक समृद्धि हासिल गर्न थोरै मात्रै भएपनि योगदान हुन सक्ने कम्पनीले विश्वास लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।