काठमाडौं- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ८० रनले हराएको छ। आर्मीले दिएको १९६ रनको लक्ष्य पछ्याएको कर्णालीले ३३.३ ओभरमा ११५ रन बनाउँदा सबै विकेट गुमाएको हो।
मूलपानी मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको आर्मीले ४३.१ ओभरमा १९५ रन बनाउँदा सबै विकेट गुमाएको थियो। जसमा अनिल मण्डलले ११४ बलमा ८९ रन बनाए। रोहित पौडेलले १८ बलमा ११ रन, हरि चौहानले ११ बलमा ७ रन, बिनोद भण्डारीले ५५ बलमा ४१ रन, राजेश पुलामीले २३ बलमा १६ रन, लोकेश बमले ६ बलमा १३ रन बनाए।
कर्णालीका लागि दिनेश अधिकारी, राज शाह र दिवान पुनले दुई–दुई साथै अनुज चुनारा, युनिश सिंह र रविन्द्र शाहीले एक–एक विकेट लिए।
आर्मीले दिएको १९६ रनको लक्ष्य पछ्याएको कर्णालीले ३३.३ ओभरमा ११५ रन बनाउँदा सबै विकेट गुमायो। जसमा विपिन रावलले ७ बलमा ७ रन, हेमन्त ओलीले ५२ बलमा १६ रन, निश्चल रावलले २७ बलमा ६ रन, रविन्द्र शाहीले ४२ बलमा ३० रन, दिनेश अधिकारीले १२ बलमा १२ रन, दिवान पुनले १२ बलमा ९ रन साथै राज शाहले १० बलमा ८ रन बनाए।
आर्मीका लागि सुशन भारीले चार विकेटका साथै शाहब आलमले तीन, रोहित पौडेलले दुई र हरि चौहानले एक विकेट लिए। प्रतियोगितामा यसअघि पहिलो खेलमा आर्मी क्लबले गण्डकी प्रदेशलाई ९८ रनले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।