काठमाडौं- फोरजी मोबाइल ब्रोडब्यान्ड सेवा प्रयोग गर्ने उपभोक्ताको संख्या ६३ लाख पुगेको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पछिल्लो पटक सार्वजनिक गरेको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआइएस) रिपोर्टअनुसार यस वर्ष कात्तिकसम्ममा फोरजीका उपभोक्ताको संख्या संख्या ६३ लाख ३२ हजार १९४ जना छ।
फोरजीका कुल उपभोक्तामध्ये सबैभन्दा बढी एनसलेका उपभोक्ता छन्। एनसेलका मात्र ६५ प्रतिशत एनसेलका उपभोक्ता भएको समेत उक्न रिपोर्टमा उल्लेख छ।
अहिले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले फोरजी सेवा दिँदै आएका छन्। फोरजी सेवाको पहुँच २१.१९ प्रतिशत नेपालीसम्म पुगेको छ।
४ वर्ष अगाडि यो सेवा पहिलो पटक नेपाल टेलिकमले संचालनमा ल्याएको थियो। एनसेलले टेलिकम भन्दा ५ महिनापछि यो सेवा संचालनमा ल्याएको थियो। प्राधिकरणका अनुसार फोरजीमा एनसेलका ४० लाख ८२ हजार ५१७ ग्राहक रहेका छन् भने नेपाल टेलिकमका २० लाख ४९ हजार ९१६ ग्राहक रहेका छन्।त्यसैगरी स्मार्ट टेलिकमका फोरजीका ग्राहक १ लाख ९९ हजार ७६१ ग्राहक छन्।
फोरजी सेवा बजारमा एनसेलको ६५ प्रतिशत, टेलिकमको ३२ र स्मार्ट टेलिकमको ३ प्रतिशत बजार हिस्सा रहेको छ। फोरजी सेवा संचालनमा आएपछि मोवाइल डाटाको खपत बढिरहेको छ भने र शुल्कमा भने उलेख्य रुपमा घटेको छ।
नेपालको कुल ब्रोडब्यान्ड सेवा चलाउने प्रयोगकर्ताको संख्यामा फोरजीको योगदान २६ प्रतिशत रहेको छ। सबैभन्दा बढी योगदान ५६ प्रतिशत थ्रीजी सेवाको रहेको छ भने केबल इन्टरनेट फाइबर टु द होम अर्थात एफटीटीएचको योगदान २२ प्रतिशत रहेको छ। नेपालमा ब्रोडब्यान्ड सेवाको कुल ग्राहक संख्या २ करोड ३९ लाख २१ हजार १८० रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।