काठमाडौं- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई वागमती प्रदेशले ७ विकेटले हराएको छ। पुलिसले दिएको ११२ रनको लक्ष्य वागमतीले ३४.४ ओभरमा ३ विकेट जाँदा पूरा गरेको हो।
वागमतीका लागि पृथु बास्कोटाले ६६ बलमा अविजित ४८ रन बनाए। इशान पाण्डेले ६६ बलमा अविजित १७ रन, पारस खड्काले ४४ बलमा १७ रन, आदिल खानले २८ बलमा १२ रन, आकाश थापाले ४ बलमा १ रन बनाए। पुलिसका दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीले एक-एक विकेट लिए।
यसअघि पहिले ब्याटिङमा आएको पुलिसले २९.३ ओभरमा १११ रन बनाउँदा सबै विकेट गुमाएको थियो। जहाँ सुनिल धमलाले २२ बलमा १७ रन, कुशल भुर्तेलले ३९ बलमा १७ रन, अमित श्रेष्ठले १० बलमा ६ रन, दिपेन्द्र सिंह ऐरीले ३९ बलमा २१ रन, आरिफ शेखले २५ बलमा २१ रन बनाए।
वागमतीका लागि नन्दन यादव र तीलक भण्डारीले चार-चार साथै रामनरेश गिरीले दुई विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।