• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधि सभा विघटन : मन्त्रिपरिषद्का सिफारिस पत्र नै दुई थरी !

मुख्यसचिवको हस्ताक्षरमा धारा छैन, प्रधानमन्त्रीको हस्ताक्षरमा धारा उल्लेख
64x64
नेपाल लाइभ शुक्रबार, माघ २, २०७७  २२:१७
1140x725

काठमाडौं- सर्वोच्च अदालतबाट शुक्रबार प्रतिनिधि सभा विघटनको मुद्दा बृहत् पूर्ण इजलासमा पठाउन अस्वीकार गर्ने आदेश आउनुअघि संवैधानिक इजलासमा बहस चलिरहेको थियो। बहसकै क्रममा मन्त्रिपरिषदले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपतिलाई लेखेको पत्रको विषय पनि उठ्यो।

वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभा विघटनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले राष्ट्रपतिलाई सिफारिस गरेको पत्रमा संविधानको कुनै पनि धारा उल्लेख नभएको दाबी गरे। लगत्तै उनले आफूसँग प्रमाण पनि भएको भन्दै पुस ५ गते मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई सिफारिस गरेको पत्र पनि सार्वजनिक गरे।

श्रेष्ठले आफूसँग भएको प्रमाण भन्दै सार्वजनिक गरेको पत्रमा प्रतिनिधि सभा विघटन गर्नका लागि संवैधानिक आधार लिइएको कुनै पनि धारा उल्लेख छैन। सो पत्रमा मुख्यसचिव शंकर बैरागीले प्रमाणीकरण हस्ताक्षर गरेका छन्। 

श्रेष्ठले राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दा संविधानका दुई धाराहरू ७६ र ८५ उल्लेख गरेको तर सरकारले गरेको सिफारिसमा भने कुनै पनि धारा उल्लेख नभएको भन्दै प्रश्न उठाएका थिए। 

‘श्रीमान्, राष्ट्रपतिले धारा थपेर प्रतिनिधि सभा विघटन गरेको तथ्य फेला परेको छ,’ श्रेष्ठले भनेका थिए, ‘म इजलासमा यही तथ्य पेस गर्न चाहन्छु।’ विघटन सिफारिस गर्दा लिएको आधार के हो भन्ने कुराको खोजीका क्रममा श्रेष्ठले यो माग गरेका थिए। 

उनले यो भनाइ राखेलगत्तै इजलासमा प्रधानमन्त्रीको कार्यालयबाट सिफारिस भएको पत्रको खोजी शुरु भयो।

‘मन्त्रिपरिषदले प्रतिनिधि सभा विघटनको सिफारिस गर्दा कुनै पनि धारा उल्लेख गरेको छैन। तर राष्ट्रपतिले भने प्रतिनिधि सभा विघटन सदर गर्दा धारा ७६ (१) को (७) थप्नुभएको छ। यसो गर्न मिल्छ?,’ उनले इजलासमा भने। सर्वोच्चमा पेस गर्न भनिएको मन्त्रिपरिषद्को सिफारिस पत्रको सक्कल प्रतिबारे उनले जिज्ञासा राखे।

यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पनि कर्मचारीसँग सो विषयमा कुराकानी गरे। ‘सक्कल फाइल यहाँ पेस भएर फेरि फिर्ता भएको रहेछ,’ इजलासबाट जबराले भने। 

Ncell 2
Ncell 2

‘मन्त्रिपरिषद् र प्रधानमन्त्रीबाट यो इजलासले मागेको सक्कल फाइल इजलासले हेर्नै नपाई फिर्ता लगिएको छ। अदालतले आदेशमा फिर्ता लैजाने गरी मागेको थिएन। सक्कल फाइलमा गडबड हुनसक्छ, सिल गरिपाऊँ,’ श्रेष्ठले गरेको तर्कपछि इजलासमा हल्लाखल्ला भयो।

यतिन्जेलसम्म प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति कार्यालयमा मन्त्रिपरिषद् र प्रधानमन्त्रीले भिन्नाभिन्नै सिफारिस पठाएकोबारे इजलासमा चर्चा चलिसकेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले १९ गते फाइल सर्वोच्चको संवैधानिक फाँटमा पठाएको थियो। वरिष्ठ अधिवक्ता श्रेष्ठले भने उक्त फाइल आफूले २० गते हेरेको र फोटोकपी लिएर आएको दाबी गरे। उनले आफूले फाँटमा गएर लिएको फोटोकपीको प्रति इजलासलाई पनि देखाएका थिए।

श्रेष्ठले सार्वजनिक गरेको पूरा पत्र पढ्न यहाँ क्लिक गर्नुहोस्।

'सरकारले २८ गते फिर्ता गर्छु भनेर लगेको फाइल अहिलेसम्म आएको छैन, किन आएन त्यो फाइल ?,’ श्रेष्ठले पश्न गरेका थिए। 

000

इजलासमा श्रेष्ठले पेस गरेर सार्वजनिक भएको पत्रबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले अर्कै पत्र राष्ट्रपति कार्यालय पठाएको देखिन्छ। ओलीको हस्ताक्षर भएको अर्को पत्रमा भने धारा ७६ को उपधारा १ र ७ का साथै धारा ८५ समेत उल्लेख छ।

दुईवटा पत्रको शुरुको व्यहोरा पनि फरक देखिन्छ। एउटामा 'श्री सचिवज्यु, राष्ट्रपति कार्यालय' भनेर सम्बोधन गरिएको छ भने अर्कोमा 'सम्माननीय राष्ट्रपतिज्यु' भनी सम्बोधन गरिएको छ।

एउटा पत्रमा मुख्यसचिव शंकरदास बैरागीको हस्ताक्षर छ भने अर्को पत्रमा प्रधानमन्त्री ओली आफैले हस्ताक्षर गरेका छन्।

यस्तो छ ओलीको हस्ताक्षर भएको पत्र

कुन पत्र आधिकारिक?
एउटै विषयमा प्रधानमन्त्री कार्यालयबाट दुइटा सिफारिस पत्र गएको सार्वजनिक भएपछि यो विषयमा अन्योल सिर्जना भएको छ। दुइटा पत्रमध्ये कुन आधिकारिक मानिन्छ? उक्त पत्रमा लेखिएको छुट्टाछुट्टै व्यहोराले अदालतमा भएको प्रतिनिधि सभा विघटनको मुद्दामा प्रभाव पार्छ वा पार्दैन भन्ने पश्न उठिसकेको छ।

सरकारले अदालतमा दर्ता भइसकेको निर्णयको सक्कल फाइल किन फिर्ता लियो? अहिलेसम्म किन फर्काएको छैन? भनेर श्रेष्ठले शुक्रबार इजलासमै प्रश्न उठाए। आगामी दिनमा यो पश्न झन् पेचिलो बन्दै जाने देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  २२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनआरएनए अमेरिकाले भन्यो– मन्त्री बब्लु गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन
कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला आज
सुरक्षण मुद्रण केन्द्रमा २ महिनामा करिब ९ हजार मात्र लाइसेन्स छपाइ
सम्बन्धित सामग्री
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले विशेष महाधिवेशन आह्वान गरेपछि तरंगित भएको कांग्रेसको विवाद मिलाउन बिहीबार पनि... शुक्रबार, पुस २५, २०८२
कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला आज पार्टीमा विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद चरमोत्कर्षमा पुगेका बेलामा संस्थापन पक्षीय सदस्यहरूको भेला आह्वान भएको हो । शुक्रबार, पुस २५, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता भेटमा नेकपा नेता वर्षमान पुनको समेत सहभागी थिए । बिहीबार, पुस २४, २०८२
ताजा समाचारसबै
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
एनआरएनए अमेरिकाले भन्यो– मन्त्री बब्लु गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन शुक्रबार, पुस २५, २०८२
कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला आज शुक्रबार, पुस २५, २०८२
सुरक्षण मुद्रण केन्द्रमा २ महिनामा करिब ९ हजार मात्र लाइसेन्स छपाइ शुक्रबार, पुस २५, २०८२
अमेरिकी डलरको भाउ लगातार उच्च बिन्दुमा शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्