• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रतिनिधि सभा विघटन : मन्त्रिपरिषद्का सिफारिस पत्र नै दुई थरी !

मुख्यसचिवको हस्ताक्षरमा धारा छैन, प्रधानमन्त्रीको हस्ताक्षरमा धारा उल्लेख
64x64
नेपाल लाइभ शुक्रबार, माघ २, २०७७  २२:१७
1140x725

काठमाडौं- सर्वोच्च अदालतबाट शुक्रबार प्रतिनिधि सभा विघटनको मुद्दा बृहत् पूर्ण इजलासमा पठाउन अस्वीकार गर्ने आदेश आउनुअघि संवैधानिक इजलासमा बहस चलिरहेको थियो। बहसकै क्रममा मन्त्रिपरिषदले प्रतिनिधि सभा विघटनका लागि राष्ट्रपतिलाई लेखेको पत्रको विषय पनि उठ्यो।

वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभा विघटनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयले राष्ट्रपतिलाई सिफारिस गरेको पत्रमा संविधानको कुनै पनि धारा उल्लेख नभएको दाबी गरे। लगत्तै उनले आफूसँग प्रमाण पनि भएको भन्दै पुस ५ गते मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई सिफारिस गरेको पत्र पनि सार्वजनिक गरे।

श्रेष्ठले आफूसँग भएको प्रमाण भन्दै सार्वजनिक गरेको पत्रमा प्रतिनिधि सभा विघटन गर्नका लागि संवैधानिक आधार लिइएको कुनै पनि धारा उल्लेख छैन। सो पत्रमा मुख्यसचिव शंकर बैरागीले प्रमाणीकरण हस्ताक्षर गरेका छन्। 

श्रेष्ठले राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्दा संविधानका दुई धाराहरू ७६ र ८५ उल्लेख गरेको तर सरकारले गरेको सिफारिसमा भने कुनै पनि धारा उल्लेख नभएको भन्दै प्रश्न उठाएका थिए। 

‘श्रीमान्, राष्ट्रपतिले धारा थपेर प्रतिनिधि सभा विघटन गरेको तथ्य फेला परेको छ,’ श्रेष्ठले भनेका थिए, ‘म इजलासमा यही तथ्य पेस गर्न चाहन्छु।’ विघटन सिफारिस गर्दा लिएको आधार के हो भन्ने कुराको खोजीका क्रममा श्रेष्ठले यो माग गरेका थिए। 

उनले यो भनाइ राखेलगत्तै इजलासमा प्रधानमन्त्रीको कार्यालयबाट सिफारिस भएको पत्रको खोजी शुरु भयो।

‘मन्त्रिपरिषदले प्रतिनिधि सभा विघटनको सिफारिस गर्दा कुनै पनि धारा उल्लेख गरेको छैन। तर राष्ट्रपतिले भने प्रतिनिधि सभा विघटन सदर गर्दा धारा ७६ (१) को (७) थप्नुभएको छ। यसो गर्न मिल्छ?,’ उनले इजलासमा भने। सर्वोच्चमा पेस गर्न भनिएको मन्त्रिपरिषद्को सिफारिस पत्रको सक्कल प्रतिबारे उनले जिज्ञासा राखे।

यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पनि कर्मचारीसँग सो विषयमा कुराकानी गरे। ‘सक्कल फाइल यहाँ पेस भएर फेरि फिर्ता भएको रहेछ,’ इजलासबाट जबराले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मन्त्रिपरिषद् र प्रधानमन्त्रीबाट यो इजलासले मागेको सक्कल फाइल इजलासले हेर्नै नपाई फिर्ता लगिएको छ। अदालतले आदेशमा फिर्ता लैजाने गरी मागेको थिएन। सक्कल फाइलमा गडबड हुनसक्छ, सिल गरिपाऊँ,’ श्रेष्ठले गरेको तर्कपछि इजलासमा हल्लाखल्ला भयो।

यतिन्जेलसम्म प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपति कार्यालयमा मन्त्रिपरिषद् र प्रधानमन्त्रीले भिन्नाभिन्नै सिफारिस पठाएकोबारे इजलासमा चर्चा चलिसकेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले १९ गते फाइल सर्वोच्चको संवैधानिक फाँटमा पठाएको थियो। वरिष्ठ अधिवक्ता श्रेष्ठले भने उक्त फाइल आफूले २० गते हेरेको र फोटोकपी लिएर आएको दाबी गरे। उनले आफूले फाँटमा गएर लिएको फोटोकपीको प्रति इजलासलाई पनि देखाएका थिए।

श्रेष्ठले सार्वजनिक गरेको पूरा पत्र पढ्न यहाँ क्लिक गर्नुहोस्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'सरकारले २८ गते फिर्ता गर्छु भनेर लगेको फाइल अहिलेसम्म आएको छैन, किन आएन त्यो फाइल ?,’ श्रेष्ठले पश्न गरेका थिए। 

000

इजलासमा श्रेष्ठले पेस गरेर सार्वजनिक भएको पत्रबाहेक प्रधानमन्त्री केपी शर्मा ओलीले अर्कै पत्र राष्ट्रपति कार्यालय पठाएको देखिन्छ। ओलीको हस्ताक्षर भएको अर्को पत्रमा भने धारा ७६ को उपधारा १ र ७ का साथै धारा ८५ समेत उल्लेख छ।

दुईवटा पत्रको शुरुको व्यहोरा पनि फरक देखिन्छ। एउटामा 'श्री सचिवज्यु, राष्ट्रपति कार्यालय' भनेर सम्बोधन गरिएको छ भने अर्कोमा 'सम्माननीय राष्ट्रपतिज्यु' भनी सम्बोधन गरिएको छ।

एउटा पत्रमा मुख्यसचिव शंकरदास बैरागीको हस्ताक्षर छ भने अर्को पत्रमा प्रधानमन्त्री ओली आफैले हस्ताक्षर गरेका छन्।

यस्तो छ ओलीको हस्ताक्षर भएको पत्र

कुन पत्र आधिकारिक?
एउटै विषयमा प्रधानमन्त्री कार्यालयबाट दुइटा सिफारिस पत्र गएको सार्वजनिक भएपछि यो विषयमा अन्योल सिर्जना भएको छ। दुइटा पत्रमध्ये कुन आधिकारिक मानिन्छ? उक्त पत्रमा लेखिएको छुट्टाछुट्टै व्यहोराले अदालतमा भएको प्रतिनिधि सभा विघटनको मुद्दामा प्रभाव पार्छ वा पार्दैन भन्ने पश्न उठिसकेको छ।

सरकारले अदालतमा दर्ता भइसकेको निर्णयको सक्कल फाइल किन फिर्ता लियो? अहिलेसम्म किन फर्काएको छैन? भनेर श्रेष्ठले शुक्रबार इजलासमै प्रश्न उठाए। आगामी दिनमा यो पश्न झन् पेचिलो बन्दै जाने देखिन्छ।

प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  २२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति
एक लाख ८७ हजार मतदाता थपिए
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
सम्बन्धित सामग्री
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति सहमति अनुसार श्रेष्ठसम्बन्धी विषय प्रेस काउन्सिल नेपालमा लगिनेछ। त्यस्तै, पन्तले पनि श्रेष्ठविरुद्ध सामाजिक सञ्जालमा पोस्ट नगर्ने सह... शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए यो गत चैत २२ देखि भदौ १५ गतेसम्मको विवरण हो । शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी नेपाली सेनाद्वारा आयोजित फूलपाती बढाइँ समारोह–२०८३ मा राष्ट्रपति पौडेललाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो। राष्ट्रपति नेपाली से... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
एक लाख ८७ हजार मतदाता थपिए शनिबार, असोज ३१, २०८३
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्