काठमाडौं- नेपालले भारतमा उत्पादन भइरहेको कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई नेपालमा आपतकालिन रुपमा प्रयोगका लागि अनुमति दिएको छ।
औषधि व्यवस्था विभागले शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालिन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिए।
कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो। भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।