• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना परीक्षण गर्ने ‘क्रिस्पर टेक्नोलोजी’ नेपालमा पनि प्रमाणीकरण, पिसिआर भन्दा सस्तो हुने

64x64
नेपाल लाइभ शुक्रबार, माघ २, २०७७  १५:०२
1140x725

काठमाडौं- अमेरिकाले विकास गरेको कोरोना भाइरस संक्रमण पत्ता लगाउने नयाँ प्रविधि क्रिस्पर टेक्नोलोजी नेपालमा पनि प्रमाणिकरण गरिएको छ।

अमेरिकाको म्यासाच्युट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) विश्व विद्यालयका वरिष्ठ अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत नेपाली वैज्ञानिक दिग्विजय राज महतको टोलीद्धारा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नयाँ प्रविधिको कोरोना परीक्षण विधि नेपालमा  प्रमाणिकरण गरिएको हो।

वैज्ञानिक महतका अनुसार स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँगको समन्वयमा नयाँ प्रविधिबाट कोरोना परीक्षण गरिएको हो।

सन् २०२० मा नोवेल पुरस्कार प्राप्त गर्न सफल अमेरिकाको  क्रिस्पर टेक्नोलोजी प्रविधिलाई प्रयोग गरेर एमआइटीका वैज्ञानिकहरुले बनाएको कोरोना परीक्षण गर्ने प्रविधि नेपालमा भित्र्याइएको वैज्ञानिक महतको भनाइ छ।

उनका अनुसार उक्त प्रविधिको प्रमाणिकरणका लागि ३६० जना  व्यक्तिको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो। क्रिस्पर प्रविधि प्रमाणिकरणका लागि संकलन गरिएको स्वाबलाई पिसिआर विधिबाट पनि परीक्षण गरिएको थियो। 

दुवै विधिबाट गरीएको परीक्षणको नतिजा ९८.३३ प्रतिशत समानता देखिएको वैज्ञानिक महतको भनाइ छ। नयाँ प्रविधिबाट गरिएको परीक्षणले आरटी-पिसिआर विधिबाट गरिने परीक्षण विधिजस्तै राम्रो नतिजा देखिएको वैज्ञानिक महतको दाबी छ।

उनले नयाँ विधिबाट गरिएको परीक्षणले पिसिआर विधिबाट कोरोना परीक्षण गरेजस्तै प्रभावकारी नतिजा दिएको र पिसिआर परीक्षण विधिभन्दा छिटो र सस्तो भएको पनि जानकारी दिए।

वैज्ञानिक महतका अनुसार उक्त कोरोना परीक्षण प्रविधिलाई अमेरिकाले आपतकालिन प्रयोगका लागि अनुमति समेत दिइसकेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पिसिआर परीक्षण विधिभन्दा छिटो नतिजा दिने, सस्तो र प्रभावकारी भएकाले नेपालमा पनि यो विधिबाट कोरोना परीक्षण गर्न उक्त प्रविधि भित्र्याइएको वैज्ञानिक महतको भनाइ छ।

‘अहिले नेपालमा भइरहेको पिसिआर विधिभन्दा क्रिस्पर प्रविधिले चाँडो नतिजा दिन्छ,’ उनले भने,  ‘पिसिआर भन्दा सस्तो छ, यसले मास टेष्टिङ गर्न र दुर्गममा परीक्षण गर्न उपयुक्त छ।’

वैज्ञानिक महतका अनुसार क्रिस्पर प्रविधिबाट स्वाब संकलन गरेर कोरोना परीक्षण गरी नतिजा आउन ७० मिनेट मात्रे लाग्ने पनि जानकारी दिए। 

उनले यो विधिबाट कोरोना परीक्षण गर्दा भिटिएम आवश्यक नपर्ने र आरएनए एक्ट्राक्सन पनि गर्न नपर्ने बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो विधिबाट १० मिनेटमा १९० जनाको कोरोना परीक्षण गर्न सकिने पनि जानकारी दिए।

‘स्वाब लिएदेखि परीक्षणको नतिजा आउन ७० मिनेट मात्रै लाग्छ,’ वैज्ञानिक महतले भने, ‘यसलाई भिटिएमको प्रयोग गर्न पर्दैन, यसलाई पानीमा वा स्लाइनपानीमा राख्न सकिन्छ। यसले गर्दा यो सस्तो पनि पर्छ।’

वैज्ञानिक महतले यो विधिबाट कोरोना परीक्षण गर्न चाहिने किट तथा केमिकलहरु विश्व बजारमा सहज रुपमा पाइने पनि बताए।

अमेरिकाका वैज्ञानिकहरुले यो प्रविधिको आविष्कार गरेदेखि नै नेपालमा लागि उपयुक्त हुने भन्दै आफुहरुले नेपालमा यो प्रविधि भित्र्याउन पहल गरेको वैज्ञानिक महतको भनाइ छ।

उनका अनुसार यो प्रविधि नेपालमा भित्र्याउन अमेरिकाको सिलिकन भ्यालिस्थित च्यारिटियल फाउण्डेशन, सर्लक बायो साइन्सेस नाम कम्पनीको एक लाख अमेरिकी डलरको सहयोगमा, ओपन फिलानथ्रोपी प्रोजेक्टको एक लाख अमेरिकी डलरको सहयोगमा  नेपालमा यो प्रविधि नेपालमा ल्याइएको हो।

अमेरिकामा फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) स्वीकृत प्राप्त टेक्नोलोजीलाई नेपालमा प्रमाणिकरण गर्न नपर्ने भनिए पनि वैज्ञानिक महतको टोलीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नेपाली प्राविधिकहरुलाई नै सहभागि गराएर यसलाई प्रमाणिकरण गरिएको बताए।

वैज्ञानिक महतका अनुसार क्रिस्फर विधिबाट गरिएको परीक्षणको प्रमाणिकरण पछि स्वास्थ्य मन्त्रालयले यो विधिलाई सिमा नाका र अन्तराष्ट्रिय विमानस्थलमा प्रयोगमा ल्याउन उपयुक्त भएको समेत जनाएको छ।

उनले यो विधिबाट कोरोना परीक्षण गर्दा स्वाबलाई पानीमा राखेर रिएजेन्ट मिसाएर ६० डिग्रीको तापक्रममा कागजलाई डुवाएर पनि यसको नतिजा निस्कने जानकारी दिए। यसले गर्दा दुर्गम जिल्लाहरुमा पनि यसको प्रयोग प्रभावकारी हुने वैज्ञानिक महतको भनाइ छ।

उनले क्रिस्फर विधिबाट कोरोना परीक्षण गर्दा एउटै मेसिनलाई १२ घण्टासम्म निरन्तर प्रयोग गर्न सकिने र सो समयअवधिमा ८ देखि १० हजार व्यक्तिको कोरोना परीक्षण गर्न सकिने बताए।

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै किट बनाएर प्रयोग गर्न सकिने पनि जानकारी दिए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले क्रिस्पर टेक्नोलोजी प्रविधिलाई कोरोना परीक्षणको उपयुक्त विधि भएको प्रमाणिकरण गरेको प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले स्वास्थ्यखबरलाई बताइन्।

नेपालमा यसको प्रयोग प्रभावकारी हुने देखिएको भएपनि क्रिस्पर विधिलाई प्रयोगमा ल्याउने विषय भने छलफलकै क्रममा रहेको जानकारी दिइन्।

‘क्रिस्पर प्रविधिलाई एक चरणको प्रमाणिकरण गरेका छौं, राम्रै नतिजा दिएको छ, पिसिआर भन्दा छिटो नतिजा दिने पनि रहेछ,’ डा झाले भनिन्, ‘अब यसलाई प्रयोगमा ल्याउने नल्याउने विषय मन्त्रालयकै निर्णयमा भर पर्छ।’

उनले क्रिस्पर प्रविधिलाई स्वीकृती दिने विषयमा छलफल जारी रहेको भन्दै यसको प्रभावकारीता र प्रयोगबारे स्पष्ट नीति बनाएर मात्र ठोस निर्णयमा पुगिने जानकारी दिइन्।

‘यो विधिलाई प्रयोगमा ल्याउने वा नल्याउने भनेर थप छलफल गर्न बाँकी नै छ,’ डा झाले भनिन्, ‘यो विधिबाट कोरोना परीक्षण गर्ने भएपनि कस्तो ठाउँमा कसरी गर्ने सबै  तयारी गर्नुपर्छ। थप छलफल गरेरै अगाडी बढ्नुपर्ने हुन्छ।’

प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १५:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ?
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ? शनिबार, असोज ३१, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह शनिबार, असोज ३१, २०८३
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्