काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहित नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरू:
१) नेकपा स्थायी बैठकः प्रधानमन्त्री ओलीको आफू निकट स्थायी कमिटी सदस्यसँग छलफल, निर्वाचनमा केन्द्रित हुन निर्देशन, सत्ताधारीको अदालत र निर्वाचन आयोगमा सेटिङ रहेको प्रचण्ड–नेपाल पक्षको आरोप
२) सहकार्यको प्रस्ताव लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वयको कांग्रेस सभापति शेरबहादुर देउवासँग बुढानीलकण्ठमा भेट, प्रतिनिधि सभा पुनर्स्थापनाका लागि साझा मोर्चा बनाउन प्रस्ताव
३) अत्यधिक मूल्यवृद्धिबारे वाणिज्य विभागले पछिल्लो १ महिना बढी समयदेखि अध्ययन थालेपनि कुनै स्पष्ट कारण भेटाउन सकेन्, भन्सारबाट प्रज्ञापनपत्र झिकाउने देखि प्रधानमन्त्री कार्यालयलाई ब्रिफिङसम्म
४) अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध तल्लो सदनबाट महाअभियोग पारित, ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति, ट्रम्पको दलका १० सांसदको समेत महाभियोगको पक्षमा मतदान
५) र, प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदै, त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा विभागीय क्लब त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशसँग खेल्ने
पूरा समाचार भिडियोमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।