काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले भारतीय टिभी ‘जी न्युज’ले नेपाल विरोधी अभिव्यक्ति दिनुमा प्रधानमन्त्रीकै साथ रहेको आरोप लगाएका छन्।
नेपालविरोधी अभियान चलाउने भारतीय जीन्युजका सुधीर चौधरीलाई वालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका थिए। सगरमाथा बेसक्याम्पका लागि कालापत्थरमा चौधरीको टीमलाई घुमाउने प्रबन्ध सरकारले गरेको उनको दाबी छ।
चौधरीले सगरमाथामा ‘भारतले दावी गर्नुपर्छ’ भनि दिएको अभिव्यक्ति निन्दनीय रहेको रावलले जनाए। नेपाल विरोधी अभिव्यक्ति भारतीय टिभीले दिनुमा ओलीको राष्ट्रहित विरोधी कार्यको अर्को उदाहरण भएको टिव्टमा रावलले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।