काठमाडौं- महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले रेड पान्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ।
वृत्तको टोलीले जुम्लाको चन्दननाथ नगरपालिका-१ घर भएका २५ वर्षीय जय भण्डारी र सोही ठाउँका २१ वर्षीय जनेष सार्कीलाई पक्राउ गरेको हो।
वसुन्धारा चोकमा दुर्लभ वन्यजन्तु रेड पान्डाको छाला बिक्री वितरण हुन लागेको भन्ने सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरुको साथबाट १ थान रेड पान्डाको छाला बरामद भएको छ। पक्राउ परिएका दुवै जनालाई कारबाहीका लागि रेड पान्डाको छालासहित जिल्ला डिभिजन वन कार्यालय हात्तिसार पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।