काठमाडौं- प्रतिनिधि सभा विघटनविरूद्धको मुद्दामा सुनुवाइ गर्नका लागि वरिष्ठ अधिवक्ताहरूको बहसमा प्रश्न उठाउँदै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले संविधानको कुनै पनि धारा व्याख्या नगर्ने भनी प्रश्न गरेका छन्।
संवैधानिक इजलासमा बहसका क्रममा प्रधानन्यायाधीश राणाले यस्तो प्रश्न गरेका हुन्।
‘संवैधानिक व्याख्या छैन भन्नुहुन्छ। कुनै धाराकाे व्याख्या गर्न पर्दैन? निवेदनमा गम्भीर संवैधानिक भन्नुहुन्छ। तपाईंहरुकाे बहस छ कि छैन भन्नुस्‚’ प्रधानन्यायाधीश राणाले भने‚ संवैधानिक इजलासले संविधानकाे व्याख्या गर्ने कुरा छ। तपाईंहरू यसले सुनुवाइ गर्नुहुँदैन भन्नुहुन्छ। के हुन्छ‚ के हुँदैन प्रष्ट भन्नुस्?’
बहसका क्रममा वरिष्ठ अधिवक्ता हरि उप्रेतीलगायतले प्रतिनिधी सभा विघटनविरूद्धको मुद्दा संवैधानिक इजलासमा लाने आवश्यकता नभएको भन्दै यसलाई वृहत पूर्ण इजलासमा लैजानुपर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।