काठमाडौं- भलिबलकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइज अवार्ड जितेकी छिन्। सातदोबाटोमा मंगलबार भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत पिपल्स च्वाइज विधामा अरुणाले अवार्ड जितेकी हुन्।
कप्तान अरुणाले पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई उछिन्दै अवार्ड जितेकी हुन्।
२७ वर्षिया अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गरेकी थिइन्। यस विधामा करातेका मन्डेकाजीले २८.४५७ प्रतिशत मत ल्याए। बास्केटबलकी सदिनाले १३.४९९ प्रतिशत मत ल्याइन भने पौडीकी गौरिकाले १३.३०१ प्रतिशत मत हालिस गरेकी थिइन् । त्यस्तै फुटबलकी सावित्राले ७.२१८ प्रतिशत मत ल्याइन्।
एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा नेपालले स्वर्ण जित्दा कप्तान अरुणा थिइन्। उनकै कप्तानीमा नेपालले एक सेट पनि नगुमाई स्वर्ण जितेको थियो।
त्यस्तै, अरुणाकै कप्तानीमा नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक फाइनलमा पुगेको थियो। भारतसँग ३–२ को सेटमा पराजित हुँदै नेपाली महिला टिम रजत पदकमै सीमित भएको थियो।
अरुणालाई जिताऔं भन्दै पोखरामा न्यु डायमण्डसँग एपीएफको मैत्रीपूर्ण खेल समेत खेलाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।