काठमाडौैं- पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिताको ड्राफ्टबाट नेपालका सन्दीप लामिछानेसहित १० खेलाडी बाहिरिएका छन्। ६ फ्रेन्चाइज टिमले पाकिस्तान सुपर लिगका लागि नेपालका कुनै पनि खेलाडी अनुबन्धित गरेनन्।
आइतबार राती सम्पन्न ड्राफ्टमा नेपालका युवा स्टार खेलाडी सन्दीप लामिछानेसँगै पूर्वकप्तान पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, करण केसी, सुवास खकुरेल, पवन सर्राफ, अविनास बोहोरा र आशिफ शेख थिए। तर कुनै पनि टिमले नेपाली खेलाडीलाई अनुबन्धित गरेनन्।
यसअघि सन् २०१९ मा पाकिस्तान सुपर लिग खेलिसकेका सन्दीप प्लाटिनम क्याटगरीमा थिए। त्यस्तै, अन्य ९ नेपाली खेलाडी भने सिल्भर क्याटेगरीमा थिए।
पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडले प्लाटिनमबाट हसन अली, क्रिस जोर्डन अनुबन्धित गर्दा पुल्तान सुल्तानले क्रिस लिन र कार्लोस ब्राथवेटलाई प्लाटिनमबाट अनुबन्धित गरेको छ।
रासिद खानलाई लाहोर क्वालेन्दर्सले प्लाटिनमबाट अनुबन्धित गरेको छ। त्यस्तै, पेशावर जाल्मीले डेविड मिलरलाई र अनुबनिधत गर्दा क्वेटा ग्लाडियटर्सले प्लाटिनम क्याटेगरीका क्रिस गेल र टोम बेनटन र डेल स्टेनलाई अनुबन्धित गरेको छ।
पाकिस्तान सुपर लिग आउँदो फेब्रुअरी २० देखि मार्च २२ सम्म लाहोर र कराचीमा सञ्चालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।