फाइल तस्बिर
जाकार्ता- ५० जनाभन्दा बढी यात्रु बोकेको जहाज इन्डोनेसियाको जाकार्ता विमानस्थलबाट उड्ने बित्तिकै सम्पर्कविहीन भएको छ। श्रीविजया एयरको बोइङ ७३७ जहाज पोन्टियानाकाका लागि उडेको केही समयपछि नै सम्पर्कविहीन भएको अधिकारीहरूले बताएको भन्दै बिबिसीले समाचार प्रकाशन गरेको छ।
उडान सेवाबारे जानकारी दिने फ्लाइट राडार ट्वान्टी-फोर डटकमका अनुसार जहाज एक मिनेटभन्दा कम समयमा नै ३ हजार मिटरभन्दा बढी तल झरेको थियो।
स्थानीय समयअनुसार पछिल्लो पटक जहाजसँग १४:४० मा सम्पर्क भएको थियो। श्रीविजयाको यो जहाज २७ वर्ष पुरानो हो।
इन्डोनेसियाका अधिकारीहरूले जहाजको खोजी कार्य जारी रहेको जानकारी दिएका छन्। जहाजका सम्बन्धमा थप विवरण प्राप्त हुन बाँकी रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।