काठमाडौं–भुटानमा पहिलो पटक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कोरोना संक्रमित ३४ वर्षीय एक पुरुषको शुक्रबार मृत्यु भएको भुटानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। ती व्यक्ति कलेजो तथा मिर्गौलाको समस्याबाट समेत पीडित भएको जनाइएको छ।
भुटानमा हालसम्म कोरोना संक्रमितको संख्या ७ सय ७१ पुगेको छ भने ४ सय ६५ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ३ सय ५ रहेको छ। हालसम्म ३ लाख २१ हजार ८ सय ४४ जनाको परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।