काठमाडौं– भारतविरुद्धको तेस्रो टेस्ट खेलमा अस्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले शतक बनाएका छन्। उनको यो २७ औं शतक हो।
टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले दोस्रो दिन सबै विकेटको क्षतिमा ३३८ रन बनायो। सिड्नी क्रिकेट मैदानमा पहिलो दिन वर्षाका कारण प्रभावित भएको खेलमा अस्ट्रेलियाले राम्रो गरेको थियो। तर दोस्रो दिन भने उच्च रन बनाउन सकेन। तर स्टिभ स्मिथले भने शतक बनाए।
रविन्द्र जडेजाबाट रनआउट हुनुअघि स्मिथले शतकसहित १३१ रन बनाए। स्मिथको यो २७ औं शतक हो। उनकै शतकमा अस्ट्रेलियाले पहलो इनिङमा मध्यम स्कोर बनाउन सक्यो। त्यस्तै, मार्नुस लचबस्काग्नेले ९१, विल पुकोभस्कीले ६२ र मिचेल स्टार्कले २४ रन बनाए। बलिङतर्फ भारतका रविन्द्र जडेजाले चार, नभदीप सैनी र जसप्रित बुमराहले समान २–२ विकेट लिए।
भारतले आफ्नो पहिलो इनिङको ब्याटिङ थालेको छ। भारतले आफ्नो पहिलो विकेटको रुपमा रोहित शर्मालाई २६ रनमा गुमाएको छ।
चार खेलको टेस्ट क्रिकेट सिरिजमा भारत र अस्ट्रेलियाले समान एक–एक खेल जितेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।