काठमाडौं – फिल्म छक्कापञ्जा ३ को शुक्रबारबाट छायांकन सुरु भएको छ। अघिल्ला २ शृंखला ‘छक्का पञ्जा’ र ‘छक्का पञ्जा २’को सफलतापछि शुक्रबारबाटै निर्माणको औपचारिक घोषणाका साथ फिल्मको छायांकन सुरु भएको हो।
फिल्ममा अभिनेता दीपकराज गिरीका साथमा दीपिका प्रसाई देखिनेछिन्। अघिल्लो फिल्म छक्का पञ्जा २ मा अटाएकी स्वस्तिमा खड्का यस पटक अटाउन सकिनन्। हुन त छक्कापञ्जा ब्राण्डमा काम गर्दै आएका कलाकारहरु स्वस्तिमा सहित, वर्षा राउत, निर्मल शर्मा, सीताराम कट्टेल लागायत अन्य केही कलाकारहरु पनि अटाउन सकेनन्।
तर दीपिका र स्वस्तिमाको लुक्स उस्तैउस्तै भए पनि फिल्ममा दीपिका नै अनुबन्धित भइन्।
स्वस्तिमालाई छोडेर दीपिका रोज्नुको कारण के त?
अभिनेता तथा फिल्मका कथाकार दीपकराज गिरीले ठट्यौलो जवाफ दिए, 'हाम्रो स्क्रिप्टमा फुच्ची अभिनेत्री चाहिएकाले दीपिका रोजेको हौं। दीपिका ठिकैको फुच्ची रहेकाले नलिइएको हो।'
दीपाश्री निरौला भन्छिन्, 'दीपकको छोरी या बहिनीको भूमिकामा कलाकार चाहिएको भए स्वस्तिमा फिट हुन्थिन्। तर कथा अनुसारको ठिक्ककी हिरोइन दीपिका भएकोले उनलाई रोजिएको हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।