काठमाडौं–सडक विभागले सूर्यविनायक–धुलिखेल र धुलिखेल–सिन्धुली–बर्दिबास सडक मर्मतको ठेक्का तोड्न सूचना निकालेको छ। ठेकेदार कम्पनीहरुले तोकिए अनुसार काम नगरेको भन्दै सडक विभागले सार्वजनिक सूचना निकालेको हो।
आयोजनाले पटक–पटक लिखित तथा मौखिक निर्देशनमार्फत आग्रह गरेको भए पनि लामो समयसम्म निर्माण कार्य नगरेको भन्दै ठेक्का नतोड्नु पर्ने मनासिब कारण ७ दिनभित्र विश्वसनीय स्पष्टिकरण पेश विभागले भनेको छ। चित्तबुझ्दो जवाफसहित काम नगरे यही सूचनालाई अन्तिम मानेर कानुनी कारबाही गर्ने विभागले जनाएको छ।
सडक मर्मतको ठेक्का पाएको नव निर्वाना बिल्डर्स प्रालिले तीन खण्डमा काम गर्ने गरि ठेक्का पारेको थियो। तीन वटै खण्डको ठेक्का सम्झौता यही भदौ १० गते भएको र असोज ३० सम्ममा सक्नु पर्ने थियो। तर ठेकेदार कम्पनीले काम नगरेको भन्दै विभागले सूचना निकालेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।