काठमाडौं- प्रधानमन्त्री कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रदेश नम्बर १ ले एपिएफलाई १०६ रनको लक्ष्य दिएको छ। दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा प्रदेश १ ले टस जितेर ब्याटिङ रोजेको खेलमा पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १०५ रन बनाएको हो।
जसमा अप्सरी बेगमले ४५ बलमा ३४ रन साथै रुबिना क्षेत्रीले ३२ बलमा १८ रन बनाए। काजल श्रेष्ठले २६ बलमा अविजित २९ रन बनाइन्। एपिएफका लागि सीता राना मगरले तीन साथै करुणा भण्डारीले एक विकेट लिइन्।
शनिबार भएको सेमिफाइनलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराएको थियो। प्रदेश नम्बर १ ले लुम्बिनी प्रदेशलाई १० विकेटले हराएको थियो। ८ टिम सहभागी प्रतियोगितामा गण्डकी प्रदेश र कर्णाली प्रदेश एक खेल नजिति बाहिरिएका थिए भने वागमती प्रदेश र प्रदेश नम्बर २ ले एक–एक खेल जितेका थिए।
वागमती र गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन्। यसअघि नै समूह ‘ए’ बाट एपिएफ र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगिसकेका छन् भने प्रदेश नम्बर २ र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।