काठमाडौं- राष्ट्रियसभाका दुई जना सांसदलाई कोरोना संक्रमण भएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता राधेश्याम अधिकारी र नेकपाका सांसद परशुराम मेघी गुरुङलाई कोरोना संक्रमण भएको हो।
शुक्रबार सुरु भएको राष्ट्रियसभाको हिउँदे अधिवेशनमा बोल्दै नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले पछिल्लो पटक गुरुङलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। यसअघि नै कांग्रेसका अधिकारीलाई संक्रमण भएको पुष्टि भएको थियो।
शुक्रबार राष्ट्रियसभाको अधिवेशन सुरु हुने भएपछि सबै सांसदहरू र कर्मचारीहरूको बिहीबार पिसिआर परीक्षण गरिएको थियो। सो क्रममा गुरुङ सहित ५ कर्मचारीलाई कोरोना संक्रमण भएको रिपोर्ट आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।