काठमाडौं- राष्ट्रियसभाका एक जना सांसद् र पाँच जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार गरिएको परीक्षणमा उनीहरुलाई संक्रमण पुष्टि भएको संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।
शुक्रबारका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान भएपछि बिहीबार सांसद् तथा कर्मचारीको स्वाब संकलन गरिएको थियो।
राष्ट्रिय सभाको बैठक भने बस्ने बताइएको छ। त्यसका लागि सम्पूर्ण तयारी पूरा भएको संसद् सचिवालयको भनाइ छ
बैठक अपराह्न ४ बजे बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।