एजेन्सी–कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेहरुको संख्या १८ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर १८ लाख ८ सय ३७ जनाको मृत्यु भएको हो। विश्वभर संक्रमितको संख्या ८ करोड २५ लाख ३७ हजार ७ सय ६७ छ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा मृत्यु हुनेको संख्या ३ लाख ४१ हजार ५ सय ५ छ भने ब्राजिलमा १ लाख ९२ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ। यस्तै, भारतमा १ लाख ४८ हजार ४ सय ३९, मेक्सिकोमा १ लाख २३ हजार ८ सय ४५, इटालीमा ७३ हजार ६ सय ४ र बेलायतमा ७२ हजार ६ सय ५६ जनाको मृत्यु भएको छ।
संक्रमितको संख्याका हिसाबले पनि अमेरिका नै अगाडि छ। त्यहाँ १ करोड ९६ लाख ९८ हजार १ सय ४७ जना संक्रमित छन्। भारतमा १ करोड २ लाख ४४ हजार ८ सय ५२, ब्राजिलमा ७५ लाख ६३ हजार ५ सय ५१, रुसमा ३१ लाख १८, फ्रान्समा २६ लाख ५७ हजार ५ सय ६८ र बेलायतमा २४ लाख ४० हजार १ सय ६९ जना संक्रमित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।