काठमाडौं–अस्ट्रेलियाविरुद्ध कप्तान अजिंक्या राहानेले शतक बनाएका छन्। अस्ट्रेलियासँगको टेस्ट क्रिकेट सिरिजको दोस्रो खेलमा कप्तान राहानेले शतक बनाएका हुन्।
मेलबर्न क्रिकेट मैदानमा अस्ट्रेलियाविरुद्धको पहिलो पारीमा राहानेले शतक बनाएका हुन्। दोस्रो दिनको समाप्तिसम्म पाँच विकेटको क्षतिमा भारतले २७७ रन बनाएको छ। भारतको इनिङ सम्हाल्ने क्रममा कप्तान राहाने १०४ रनमा अविजित रहे।
सस्तैमा तीन विकेट गुमाएको भारतको चौथो विकेटका लागि राहानेले हनुमा विहारीसँग ५२, रिषभ पन्तसँग ५७ र रविन्द्र जडेजासँग १०४ रनको साझेदारी गर्दै टिमलाई उकासे। दोस्रो दिनको समाप्ति हुँदा भारतका राहाने १०४ रनमा अविजित हुँदा जडेजा ४० रनमा अविजित छन्।
यसअघि टस जितेर पहिले ब्याटिङ थालेको अस्ट्रेलियाले आफ्नो पहिलो पारीमा १९५ रन मात्रै बनायो।
चार खेलको टेस्ट क्रिकेट सिरिजको पहिलो खेलमा भारत अस्ट्रेलियासँग लज्जास्पद हार ब्यहोरेको थियो। दोस्रो पारीमा भारतले ३६ रन मात्रै बनाएपछि अस्ट्रेलियाले ९० रनको चुनौती पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।