एजेन्सी–विश्वभर कोरोना संक्रमितको संख्या ८ करोड नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या ८ करोड २ लाख ८० हजार ८ सय ७० पुगेको हो। हालसम्म कोरोनाबाट १७ लाख ५६ हजार ५ सय ४१ जनाको मृत्यु भइसकेको छ भने ४ करोड ५३ लाख ६० हजार ६ सय ९१ जना निको भइसकेका छन्।
सबैभन्दा धेरै प्रभावित अमेरिकामा १ करोड ८९ लाख ४२ हजार ५ सय २४ जना संक्रमित भएका छन्। त्यस्तै, भारतमा १ करोड १ लाख ६९ हजार १ सय १८, ब्राजिलमा ७४ लाख ६५ हजार ८ सय ६, रुसमा २९ लाख ९२ हजार १ सय २३ र फ्रान्समा २६ लाख ७ हजार ६ सय ६८ जना संक्रमित भएका छन्।
यस्तै, सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ। अमेरिकामा ३ लाख ३१ हजार ७ सय ४०, ब्राजिलमा १ लाख ९० हजार ७ सय ९५, भारतमा १ लाख ४७ हजार ३ सय ४३, मेक्सिकोमा १ लाख २१ हजार ८ सय ३७, इटालीमा ७१ हजार ६ सय २० र बेलायतमा ७० हजार ५ सय १३ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।