काठमाडौं- नेपालमा कोरोना संक्रमित मृतकको संख्या १८ सय नाघेको छ। गत २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसअघि मंगलबार ३ जना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ६ हजार ५ सय ५९ जनाको पिसिआर परीक्षण भएको छ।
योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ९० हजार ७ सय ४० पुगेको छ। हाल ४ सय ९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।