• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना भाइरसको नयाँ रूप नेपालमा फैलने सम्भावना कति?

बेलायतबाट आएकाहरूको निगरानी र परीक्षण गरिँदै
रिता लम्साल बुधबार, पुस ८, २०७७  १८:१३
1140x725

काठमाडौं- कोरोना भाइरसविरुद्धको खोपको प्रभावकारिता दर वृद्धि भइरहेका समाचारले उत्साह बढाइरहेका अवस्थामा नयाँ रूपको कोरोना भाइरस बेलायतमा पत्ता लागेपछि भने चिन्तित बनाएको छ।

बेलायतका ६० भन्दा बढी स्थानीय तहमा नयाँ स्वरुपको कोरोना भाइरस फैलिएको र कोभिड–१९ भन्दा बढी हानिकारक रहेको अध्ययनहरूले देखाएका छन्।

पुरानो कोरोना भाइरसको तुलनामा नयाँ स्वरूपको भाइरसको संक्रमण दर बढी हुने र शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि छिटो आक्रमण गर्न सक्ने हालसम्मका अध्ययनले देखाएको बताइएको छ। 

नयाँ स्वरुपको भाइरस भएकाले यसको विषयमा अझै अनुसन्धान नै भइरहेको छ। नयाँ स्वरुपको भाइरस संसारभर फैलिएमा अहिले बनिरहेका कोभिड-१९ विरुद्धको खोपले नै काम गर्छ वा गर्दैन भन्ने चिन्ता पनि थपिएको छ। 

बेलायतबाट भारतीय बाटो प्रयोग गरेर र हवाई मार्ग हुँदै नेपाल आउने मानिसबाट नेपालमा नयाँ स्वरूपको कोरोना भाइरस फैलन सक्ने जोखिम भएकाले सरकारले यसको प्रतिकार्यको तयारीमा लागेको जानकारी दिएको छ। बेलायतमा देखिएको नयाँ स्वरुपको कोरोना भाइरस नेपालमा नआओस् भनेर मंगलबारदेखि लागू हुने गरी बेलायतबाट आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाइएको हो। 

यसअघि नै बेलायतबाट नेपाल प्रवेश गरेकाहरूका हकमा भने उनीहरूको खोजी गरी विशेष निगरानी र अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत सरकारले दिइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुस १ गतेपछि नेपाल प्रवेश गरेका नेपाली तथा विदेशी नागरिकको खोजी गरी स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको छ। बेलायतबाट आएकाहरूको पहिचान गरी उनीहरूलाई आइसोलेट गर्न स्वास्थ्य मन्त्रालयले काम थालिसकेको मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले बताए।

‘बेलायतबाट भारतीय बाटो तथा हवाई मार्ग हुँदै नेपालमा मानिसहरुको सहज आवतजावत छ, यसले गर्दा नेपालमा पनि त्यो नयाँ स्वरुपको भाइरस आउन सक्ने भएकाले हामीले पुस एक गते पछि नेपाल आएकाहरुको  पहिचान गर्ने, उनीहरुलाई आइसोलेट गरेर राख्ने, उहाँहरुको सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कामहरु अघि बढाइसकेका छौं,’ डा अधिकारीले भने, ‘स्वास्थ्य मन्त्रालयले हेल्थ डेक्सलाई सक्रिय हुन र नेपाल प्रवेश गरेकाहरुको खोजपड्ताल गर्न सम्बन्धित विभाग तथा व्यक्तिलाई जिम्मेवारी दिइएको छ।’

डा अधिकारीले नेपालमै रहेका कोरोना संक्रमित र  अन्य देशबाट नेपाल प्रवेस गरेका संक्रमितहरुको जीन सिक्वेन्सीङ गरी अध्ययन गर्न लागिएको पनि बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘नेपालमै भएको भाइरस, बाहिरबाट आउने भाइरसबारे अध्ययन गर्न जीन सिक्वेन्सीङ गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी तोकिएको छ,’ डा अधिकारीले भने, ‘बेलायतमा देखिएको नयाँ स्वरुपको भाइरसबारे गम्भीर भएर हामीले कामहरु अघि बढाएका छौं।’

पुस १ गते पछि बेलायतबाट नेपाल प्रवेश गरेकाहरुमा कुनै नयाँ लक्षण वा कोरोनाको लक्षणहरु देखिएमा स्वास्थ्य मन्त्रालयको सम्पर्कमा आउन पनि डा अधिकारीले आग्रह गरे।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले परिषद्ले भाइरसको स्वरुप परिवर्तनबारे अध्ययन गर्न लागिएको बताए।

‘हामीले केही समय अघि १५ जनाको जीन सिक्वेन्सीङ गरेर हेर्दा नेपालको कोरोना संक्रमणको म्युटेशन भारत, साउदी अरबिया, अमेरिकाको जस्तै भाइरससँग मिल्दो किसिमको थियो,’ डा धिमालले भने, ‘अब भाइरसले स्वरुप परिवर्तन गरेको छ वा छैन भनेर केही नेपालमै रहेका, केही बिदेशबाट आएकाहरुको फेरी जीन सिक्वेन्सीङ गर्ने तयारीमा छौं।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भाइरसको स्वरुप परिवर्तन हुनु खतरनाक हो?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार कुनै पनि भाइरसको स्वरुप परिवर्तन हुने गर्छ।  त्यसैले भाइरसविरुद्ध बनेका खोप तथा औषधिहरु सधै उपयोगी र सफल नहुन सक्छन्।

भाइरसको रूपमा सामान्य र ठूलो परिवर्तन हुनसक्छ। सामान्य परिवर्तनहरुले औषधि तथा खोपको प्रभावकारीतालाई असर नपर्ने हुनसक्छ।  तर ठूलो परिवर्तन भएमा  त्यो भाइरस सर्ने प्रक्रिया, भाइरसको लक्षण, त्यसले गर्ने असर पनि परिवर्तन हुन्छन्। जसले गर्दा उक्त भाइरसको उपचार पद्धती, खोपको प्रभावकारीलाई नै असर पर्छ।

पछिल्लो समय बेलायतमा कोरोना भाइरसको स्वरुपमा ठूलो परिवर्तन आएको तथ्य बाहिर आएको छ। भाइरसको जीन सिक्वेन्सिङ गरेर हेर्दा उक्त तथ्य बाहिर आएको हो। तर उक्त परिवर्तनले बालबालिका, दीर्घरोगीमा कस्तो असर पर्छ? कोरोनाको उपचार विधि, खोपको प्रभावकारीमा कस्तो असर पर्छ भन्ने विषयमा पूर्ण अध्ययन भइसकेको छैन।

पछिल्लो समय बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ रूपले संसारलाई नै एक पटक पुनः चिन्तित बनाएको छ। बेलायतको राजधानी लन्डन र केन्टलगायतका क्षेत्रमा यो भाइरस रहेको हालै पत्ता लागेको हो। कोरोना भाइरसको नयाँ रूप देखिएपछि बेलायतले स्वास्थ्य सुरक्षाका उपायमा कडाइ गरेको छ। नयाँ रूपको कोरोना भाइरस भेटिएपछि मंगलबार मात्र नेपालले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोकसमेत लगाएको छ। 

कोरोना भाइरसको नयाँ रूपलाई 'भियुआई-२०२०१२/०१' नाम दिइएको छ। यो भाइरस नोबेल कोरोना भाइरसको पुरानो रूप (सार्स-कोभ-२)भन्दा पनि बढी हानीकारक रहेको पत्ता लागिसकेको छ। नयाँ रूपको भाइरसका बिरामी बेलायतमा बढ्दै गएका छन्। बेलायतका ६० भन्दा बढी स्थानीय तहमा यो भाइरस फैलिइसकेको रिपोर्ट गरिएको छ। यसबारे केही प्रश्नोत्तर हामीले यहाँ समावेश गरेका छौं।

के नयाँ रूपको कोरोना भाइरसमा देखिने लक्षण फरक हुन्छन्? 
नयाँ रूपको कोरोना भाइरसबारे पर्याप्त अध्ययन भई नसकेकाले  पुरानो कोरोना भाइरसभन्दा फरक लक्षण हुन्छन् भनेर यकिनका साथ भन्न सक्ने अवस्था छैन। यद्यपि नयाँ रूपको कोरोना भाइरस संक्रमण हुँदा पनि पुरानै लक्षण देखिएको पाइएको छ। सामान्यतया पुरानो कोरोना भाइरस संक्रमित व्यक्ति र नयाँ रूपको कोरोना भाइरस संक्रमित व्यक्तिमा देखिने लक्षणमा खासै फरक पाइएको छैन। रुघाखोकी, छाती दुखाई, ज्वरो, गन्ध र स्वाद थाहा नपाउने, जिउ दुख्ने र शरीर चिलाउनेजस्ता लक्षण पुरानो तथा नयाँ रूपको कोरोना भाइरसमा देखिएका छन्। 

के नयाँ रूपको कोरोना भाइरस अझ बढी खतरनाक हो?
हालसम्म गरिएका अध्ययनअनुसार पुरानो रूपको कोरोना भाइरस भन्दा नयाँ रूपको कोरोना भाइरस ७० प्रतिशत बढी संक्रामक (इन्फेक्सियस) हो। यसकारण नयाँ रूपको कोरोना भाइरस पुरानो भन्दा बढी खतरनाक हुन्छ। पुरानो रूपको कोरोना भाइरसभन्दा नयाँ रूपको कोरोना भाइरसबाट संक्रमित हुने जोखिम बढी छ। अनुसन्धानकर्ताहरूका अनुसार पुरानो रूपको कोरोना भाइरसभन्दा नयाँ रूपको कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमतामा छिटो आक्रमण गर्ने र यसको जोखिम पनि उति नै बढी हुने देखाएका छन्। 

नयाँ रूपको कोरोना भाइरसको निदान र उपचार पुरानोको तुलनामा झन् गाह्रो हो?
नयाँ रूपको कोरोना भाइरसको निदान पुरानो रूपको कोरोना भाइरसभन्दा झन् गाह्रो भन्नका लागि पर्याप्त प्रमाण हालसम्म उपलब्ध छैनन्। यसको उपचार पनि पुरानो रूपको कोरोना भाइरसभन्दा फरक छैन। यी दुवैको उपचार भनेको संक्रमित व्यक्तिमा देखिएका लक्षणहरूको उपचार मात्र हो। जस्तो कुनै पनि संक्रमितलाई ज्वरो आएको छ भने उसको ज्वरोको उपचार मात्र गरिन्छ। हालसम्म दुवै खाले कोरोना भाइरसमा उपचार विधि समान छ। 

नयाँ रूपको कोरोना भाइरसविरुद्ध पनि भ्याक्सिनले काम गर्छ?
नयाँ रूपको कोरोना भाइरसको भर्खरै मात्र बेलायतमा पत्ता लागेकाले पुरानो रूपको कोरोना भाइरसविरुद्ध विकास गरिएका खोपले नै काम गर्छन् भनिहाल्न सकिने अवस्था छैन। यसका लागि छुट्टै परीक्षण गर्नुपर्ने हुन्छ। भ्याक्सिनको प्रभावकारिता मापन गरेपछि मात्र पुरानो प्रकृतिको भाइरसविरुद्ध विकास गरिएको भ्याक्सिनले नयाँ रूपको भाइरसका लागि काम गर्छ वा गर्दैन भन्न सकिन्छ। 

प्रकाशित मिति: बुधबार, पुस ८, २०७७  १८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन
तातोपानी नाका तीन दिनका लागि खुल्ने
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
तातोपानी नाका तीन दिनका लागि खुल्ने शनिबार, असोज ३१, २०८३
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्