काठमाडौं- काठमाडौँस्थित भारतीय दूतावासकी मिसन उप-प्रमुख नामग्या खम्पा र नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङबीच भेटवार्ता भएको छ। मंगलबार मन्त्रालयमा भेटवार्ता भएको हो।
भेटमा भारतको सहयोगमा नेपालमा सञ्चालित आयोजनाबारेमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ। यस्तै नेपालको रेलवे र सडक क्षेत्रका परियोजनाबारे पनि छलफल भएको मन्त्री नेम्बाङको सचिवालयले जानकारी दिएको छ।
नेपालमा रेल सञ्चालनका लागि जनकपुर-जयनगर रेलवे लाइन निर्माण गरिएको छ। रेल सञ्चालनका लागि नेपालले २ वटा रेल ल्याएको भएपनि हालसम्म सञ्चालनमा आउन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।