काठमाडौं- भारतीय क्रिकेट टिमका पूर्वखेलाडी कोरोना भाइरस (कोभिड १९) को नियम उल्लंघन गरेका कारण पक्राउ परेका छन्। कोभिडको नियम उल्लंघन गरेका कारण पक्राउ परेका उनलाई भारतीय प्रहरीले छुटिसकेका छन्।
कोरोना भाइरस (कोभिड-१९) को नियम उल्लंघनको आरोपमा रैना पुलिसको हिरासतमा परेका थिए। तर उनीलाई पुलिसले केही समयपछि छोडेको भारतीय मिडियाले जनाएका छन्। मुम्बईस्थित ड्रैगन क्लबमा पुलिसले छापा मार्दा उनीलाई हिरासत लिइएको थियो।
सुरेश रैनाले दिएको बयानअनुसार उनी मुम्बईमा एक सुटिङको क्रममा थिए र राति अबेरसम्म सुटिङ चलेको थियो।
बयानमा भनिएको छ, ‘सुरेश मुम्बईमा एक सुटिङको शिलशिलामा थिए। र अबेरसम्म सुटिङ चलेको थियो। उनी एक साथीसँग रात्रीभोजका लागि गएका थिए। यसपछि उनी दिल्लीतर्फ प्रस्थान गर्नु पर्ने थियो। उनलाई स्थानीय समय र कोभिड-१९ प्रोटोकलको जानकारी थिएन।’
यो दुर्भाग्य घटनाप्रति आफ्नो अपसोस भएको रैनाले बताएका छन्। उनले भनेका छन्, ‘म सधैं नियमको पालना गर्नेछु। र यसको सम्मान पनि गर्छु। भविष्यमा यस्तो हुने छैन।’
पुलिसले क्लबमा राति तीन बजे छापा मारेको थियो। जसमा होटल स्टाफसहित ३४ जनालाई हिरासतमा राखिएको थियो। ३४ जनामध्ये १९ जना दिल्ली र पञ्जाबका थिए। बाँकी दक्षिण मुम्बईका थिए। तर सबैलाई पुलिसले चेतावनी दिएर छोडेको छ। सबैलाई कोभिड-१९ नियमको उल्लंघन गरेको आरोपमा पुलिसले पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।