काठमाडौं– प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा लुम्बिनी प्रदेश र प्रदेश-२ ले प्रतिस्पर्धा गर्नेछ।
दाङको लमहीमा पुष ११ गतेबाट सुरु हुने प्रधानमन्त्री कपको उद्घाटन खेलमा लुम्बिनी र प्रदेश-२ बीच प्रतिस्पर्धा हुने भएको हो। टि–२० फर्म्याटमा आयोजना हुने प्रतियोगिताको दोस्रो खेल पुष ११ गते नै हुनेछ। दोस्रो खेलमा विभागीय टिम एपिएफ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
दुई समूहमा विभाजन गरिएको प्रतियोगिताको समूह ‘ए’ मा एपिएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बनी प्रदेश छन्। त्यस्तै, समूह ‘बी’ मा सुदूरपश्चिम प्रदेश, बागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ रहेका छन्।
क्यानले निकालेको खेल तालिका अनुसार पहिले समूह ‘ए’ को खेल सकिएपछि समूह ‘बी’ को खेल सुरु हुनेछ। समूह ‘बी’ को पहिलो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशसँग खेल्नेछ।
समूह ‘ए’ र ‘बी’ को शीर्ष दुई गरी चार टिम सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल खेल पुष १७ गते हुनेछ। फाइनल खेल भने पुष १९ गते हुने क्यानले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।