काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का टि–१० लिगको फ्रेन्चाइज टिम आबुधावीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा नियुक्त भएका छन्।
गएको सिजन टि–१० क्रिकेट लिगमा टिम अबुधावीबाट खेलाडीको रुपमा देखिएका पूर्वकप्तान पारसले यही टिममा नयाँ भूमिका पाएका हुन्। अब पारसले टिम अबुधावीका लागि नयाँ युवा खेलाडीको खोजी गर्ने छन्। टि–१० लिगलाई लक्षित गर्दै पारसले सम्भावना बोकेका खेलाडीको खोजी गर्ने छन्। पारस अबुधावी टिमको इमर्जिङ ट्यालेन्ट मेन्टरमा नियुक्त भएसँगै नेपाली युवा खेलाडीहरुले पनि मौका पाउने सम्भावना छ।
टिम अबुधावी टिमले दिएको नयाँ भूमिका निर्वाह गर्न आफू निकै उत्साहित रहेको पूर्वकप्तान पारसले बताएका छन्। पारसले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन्, ‘नयाँ भूमिका निर्वाह गर्न म उत्साहित छु। नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा विकास गर्न थप माध्यम बन्नेमा आशा छ। टिम आबुधावीमा नेपाली क्रिकेटरलाई थप अवसर मिल्ने छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।